~टि. समीर लामा~
हुन त जीन्दगीमा ठुलो सफलताको कमै मात्र अनुभव छ अहिलेसम्म तर असफलताको पीडामा जलेर जिउनु न मर्नुको दोसाँधमा भने धेरै पटक पुगेको तीतो अनुभवको संगालो नै छ मसँग थुप्रै-थुप्रै…।कुनै बेलाको मेरा ती अवस्थाहरु अनि समय र परिस्थितिको वोमौसमी आँधीको भुमरीमा रुमल्लिन विवश जीन्दगीमा आँशुभेल ठुलै बगेको त्यो यथार्थता नजीकका तत्कालीन आफन्त साथीभाईहरु सबैलाई थाहै छ, प्रष्टै…| ती क्षणहरुले मलाई हरदम झस्काइरहन्छ केवल झस्काइरहन्छ।आफु जल्दै गरेको त्यो पीडाको रापमा मैले धेरै मानव अनुहारहरु नजीकैबाट देखें। त्यो क्षण धेरैको माया, दया र सान्त्वनाका भावनाहरु पाएँ। तर..तर थोरै जना जस्ले मेरो वेदनामाथि उपहस गर्दै खुशी पनि मनाए। त्यति मात्र कहाँ हो र वचनरुपि तीखो वाणहरु म तिर प्रहार गर्न पनि पछि परेन यति सम्म कि जुन कुरा यहाँ लेख्न सकिन्छ होला तर अर्थले स्वयंलाई लज्जित तुल्याउँछ…..।त्यो पलमा, मेरो आँशुमाथि आँशुले नै साथ दिंदैं र दु:खमा नआत्तिकन र सुखमा नमात्तिकन जीवन संघर्षको खेलमा अघि बढ्ने प्रेरणा र मायाले उत्साहित बनाउने ती नै हुन् मेरी “आमा” केवल “आमा”…। र म प्रति माया, सद्भाव र सान्त्वना स्वरूप आफ्ना सहयोगी हातहरु अनवरत मै तिर फैलाउन तत्पर प्रिय साथीहरुमा आजीवन आभारी मात्र नभइ तपाईहरुको गुणको ऋण कसरी तिर्ने होला भन्ने सोचका साथ हरपल सम्झिरहन्छु..।
अन्ततः बलेको आगोमा घिउ थप्दै अनि आफ्नै बाटो भुलेर अरुको खुट्टा तान्ने नियत बोकेका केही महामानवज्युहरु यदि सही बाटो हिड्न सके काँडाले पनि कोर्ने थिएन र उही पुरानो नियत मै रहने हो भने मेरो भन्नु केही बाँकी छैन। त्यतिबेला, त्यस्ता झिनामसिना कुरामा अल्झिन चाहिनँ पनि यद्दपि, त्यस्ता अौचित्यहीन कुरामा अल्झेर आफ्नो जीवन यात्रा विथोल्न उचित ठानिनँ पनि किन कि यात्रा धेरै बाँकी थियो जुन अझै बाँकी छ , यात्रा अझै बढीरहन्छ गन्तब्यतर्फ अविरल बग्ने त्यो सुनकोशी झैं …..केवल सलल…
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )