कस्ती भयौ सानु तिमी नदेखेको धेरै भयो
के छ खबर चिठी पनि नलेखेको धेरै भयो
सम्झिएकी हौली सानु परदेशी मायाँलाई
तिमी लाग्छ दायाँ बायाँ डुलिरने छायाँलाई
खोजी रहन्छु सपनिमा नभेटेको धेरै भयो
के छ खबर चिठी पनि नलेखेको धेरै भयो
सम्झनामा सदाबहार बिदेशी यो भूमिभरी
मायाँ मेरो तिमीलाई सात जन्म जुनीभरी
तिमी पाउने सपना यो नमेटेको धेरै भयो
के छ खबर चिठी पनि नलेखेको धेरै भयो
sanosathee@yahoo.com
(स्रोत : Satakosahitya)