शरीर आज,बिदेशी भयो,मन भाको,छैन नी
देशको माया,बिर्सेर आज,कहिँ गाको,छैन नी ।
गुराँस फुल्ने,माटोको माया,कसले पो,बिर्सन्छ ?
स्वदेशी प्रेम,भुलेर आज,टाढा धाको, छैन नी ।
आंगन भरी,फुलेको फूल,सम्झिएर ,फेरि नै
बिदेशी झार,कपालभरी ,मैले लाको, छैन नी ।
बिर्सुँला बरु,नमीठो कुरा,अहिले नै,चटक्क
भुलेर देश,बाँच्नेछु भनि,यहाँ आको,छैन नी ।
हृदय भरी,आमाको प्रेम,सम्हालेर,राख्दैछु
निश्छल माया,ममत्व पनि,यहाँ पाको,छैन नी ।
(रचना अप्रिल २२ /२०१० )
(स्वदेशी मायामा समर्पित गजल)
(स्रोत : नेपाली गजल गुगल ग्रुप )