पहराको गुराँस बनी, फूल्न सक्नु पर्छ
दियो बनी औँशी रातमा,खुल्न सक्नु पर्छ
जिबनको रहस्य नै हो सुख दु:ख भन्नु
खुसीभित्र आँशु लुकाइ,भुल्न सक्नु पर्छ
धैर्य गरि निरन्तर नै लागी परे पछी
भेटिएको त्यो गन्तव्यमा झुल्न सक्नु पर्छ
स्वर्ग भनी,बयान ठूलो,कस्ले देख्या छ र?
देख्नलाई मनमा जोस, हुल्न सक्नु पर्छ
बर्षा होस् या रापिलो घाम,सहयात्री मानी
हिमचुली र बगर पनि, डुल्न सक्नु पर्छ
पहराको गुराँस बनि, फूल्न सक्नु पर्छ
दियो बनी औँशी रातमा,खुल्न सक्नु पर्छ
हाल-इजरायल
(स्रोत : Kabyasudha )