~भ्लादीमिर सोलोभ्योभ~
अनु. कृष्णप्रकाश श्रेष्ठ.
प्रिय, तिमी देख्दैनौ कि क्या हो ?
जे जति देख्छौं हामी सब त्यो
केवल झल्को, केवल छाया
त्यस्कै हो, छ अदृश्य जो ।।
प्रिय, तिमी सुन्दैनौ कि क्या हो ?
जे जति सुनिन्छ जगमा शव्द
केवल विकृत प्रतिध्वनि हो त्यो
सर्वव्यापी त्यै गुञ्जनको ।।
प्रिय, तिमी अनुभव गर्दैनौ कि ?
जो छ चराचर भवमा एक
केवल मनले मनको भाषा
मौन नयनमा बोल्दछ त्यो ।।
ई.सं. १८९२
(रुसी कविताको नेपाली अनुवाद) – रजतयुगका रुसी कवि भ्लादीमिर सोलोभ्योभ(ई.सं. १८५३ ः १९००)
(स्रोत : Freenepal)