~डा. बिनोद मणि बराल~
हिमाल पारी उषाको लाली सुनौलो बिहान
आ’का छौँ हामी साहित्यप्रेमी सबैलाई जुटाउन
क्षितिज पारी कहाँ हो कहाँ डढेलो गगन
भालेको डाकमा साहित्य बोल्छ सबैलाई ब्युझाँउन
इतिहास लाई केलाउनै पर्ने विधिको बिधान
सँख्यात्मकबाटै गुणात्मक फड्को भैराको देखाउन
कमलको फूल हिलैमा फुल्ने बाधा र अडचनले
पारेरै छोड्छ एकिकृत सबलाई “स्वतन्त्र नेपालले”
पसीना बगाउँ छोडी देउ स्वार्थ देशै लाई नभूल
मिलेर सबै झलमल्ल पारौँ त्यो हाम्रो नेपाल
विदेशको दुःख बाधा र अडचन सबै चीज पचाई
ब्युँझेलान् अब प्रवासी सारा चिनाउन देश लाई
अहा बचाउन देशलाई
रात पछि दिन आउदैछ हेर भाग्दैछ अँध्यारो
अवश्यँभावी सत्यको जीत दिन तोक्न पो गाह्रे
चढाउँछौँ हामी उपहार सिँगो “स्वतन्त्र नेपाल”
“पुर्खाको कसम – माटोको माया दिलैमा सँगाल”
अहा उपदेश अँगाल !
(स्रोत : Freenepal)