~रामकुमार परियार~
गुम्सिएका मनका कुरा,खोल्न बल्ल बाटो भेटेँ।
पिडाहरु फुकाएर , आज एउटा गजल लेखेँ।
हराएको मान्छे म त , भिडमा एक्लिएर,
टोलाएर जुन हेरेँ , जुन भित्र तिमी देखेँ।
हाँसिदिन्छु बाहिर त , के नै बिगृन्छ छ र,
रोदनलाई दवाएर , आज फेरि मनमै राखेँ।
लाख कोशिश असफल भो , तिमिलाई भुल्छु भन्ने,
निरुत्तर छु आफैँ आज , किन तिमिलाई मनमा साँचे।
दोष हैन सानू तिम्रो , नियतिले यसो गर्यो,
वियोग त थिती नै हो , विधाताले जोगाई राखे।
(२०१५ अगष्ट ८)
(स्रोत : रचनाकारको ब्लगबाट सभार )