जब निस्किए
सडकमा
भेटिए थुप्रै मान्छेहरु |
मान्छेहरु
कोहि चुपचाप हिडिरहेका
कोहि हल्ला गर्दै हिडिरहेका
कोहि बुद्धजस्तै शान्त
कोहि हिटलरजस्तै क्रुध्द
हजारौको भिडमा
हजार थरि मान्छेहरु |
त्यही भिडमा
समताको गीत गाउने
एउटा मान्छे भेटे मैले
अनुहारमा ज्योति बोकेर
गोडामा बिश्वास बोकेर
त्यो मान्छे चडीरहेको
चेतनाको उज्यालो |
उ कति सुन्दर देखिएको
अरु मान्छे भन्दा
उस्को आवाज कति शक्तिशाली
अरुको भन्दा
उस्को हाउभाउ
उस्को हाँस्ने तरिका
सबै एकदमै फरक
फरक लाग्छ जसरि
चैत्रको घाम र पुर्णिमाको जून |
अरु भाग्यलाई गालि गरिरहेको बेला
उ काममा बिश्वास गरेर पसिना बगाउदै थियो
अरु हात फैलाएर भिख मागिरहेको बेला
उ अधिकारका लागि लडी रहेको थियो
राम्रो लाग्यो मलाइ
अरुको कुरा गर्ने भन्दा
आफै केहि गर्ने मान्छे |
मैले बाटामा भेटे
एउटा राम्रो मान्छे
तिमीले
एक बिहान मलाइ सम्झाइरहदा
म तिम्रो बान्कीमा
उसैको बिम्ब देख्तै थिएँ
मेरी कवयत्री मलाइ माफ गर
म तिमीले जस्तो भाँती पुर्याएर
कमसेकम कविता लेख्न जान्दिन |
(स्रोत : Pallaw)