~भीम उदास~
एकसरो लुगाले एक हिउँद आड. ढाकेर
एक मुठ्ठी कनिकामा
नेपालीहरु,
सगरमाथाको टाउको उठाउँदै
शान्तिको मन्त्र जपेर
सिस्नो र भ्याकुरमा बाँचिरहेछन् ।
एउटा बालक रोइरहेछ
दूध चुसाउँदै रोगी आमा
दाउरा घाँसबाट फर्केकी छैनन्,
रोगले ग्रसित एउटा बूढो
पानी … पानी … चिच्याइरहेछ
ज्यामी छोरो,
कामबाट अभैm फकेैको छैन ।
भोकग्रस्त नेपालीहरु
विषालु च्याउमा बाँचिरहेछन्
यो विश्वमा
नेपालीहरु,
एक मुठ्ठी कनिकाले ज्यान धानेर
एकसरो लुगाले एक हिउँद आड. ढाकेर
सजिलै, एकदम सजिलै
निर्विकल्प बाँचिरहेछन्
निर्विवाद बाँचिरहेछन्
निःसंकोच बाँचिरहेछन् ।
कार्तिक २०३७
(देवकोटा जयन्तीको सन्दर्भमा)
(स्रोत : Freenepal)