यो जिन्दगी छ र पो उतार चढाब छ
नजिउँनेंलाई कहाँ ? जिउँन दबाब छ
बुझ्दैमा न अर्थ खुल्छ नबुझिन्छ मन
यस्तै एउटा बहुगुणी पिउँनें सराब छ
देउतै मान्छन् देख्नेहरु अझै पनि मलाइ
चरित्र यी हजार मेरा धन्न नकाब छ
उनले भन्दा पै’ले यिनले सरकार पाए हुन्थ्यो
काँडा झार्ने मालिदेखी फूलमा तनाब छ
रमेश भन्थ्यो जब उनले ढुँङ्गा पुज्न थाले
तब हरेक पत्थरसँग मेरो लगाब छ
२०१३.०४.२०
(स्रोत : Shabdahar )