~डा. मन मुर्ति भुर्त्याल~
यी पतझडका अस्थीपञ्जरहरु
अझै नग्न मात्र होइन स क्षतविक्षत् होउन् ।
हड्डी हड्डी टुक्रिई छरिउन् ।
अनि ती हड्डीलाई सुक्ष्मजीवले टोक्दै चपाउन्
र विलाउन तिनका अस्तीत्वहरु
म त्यसपछिको जीवनको प्रतिक्षमा छु ।।
यी काला खग्रासे वादलका झुण्डहरु
खुब वर्सिउन अनि खुब ठटाउन्
असिनाले कमजोर गिदीका खोलहरु ।
पग्लेका भलहरुले समेट्दै निल्दै जाउन्
गलेका निष्काम आस्था र सडेका लक्षहरु
म त्यसपछिको नीलो आकाशको प्रतिक्षामा छु ।।
यी संघर्ष , आन्दोलन र मुक्तीका वाटाहरु
खुव चिप्ला होउन सपैरो गई रहुन्
र पुरिरहुन् लोभी , स्वार्थी नायकहरु ।
भत्कीरहुन् अस्पष्ट लक्षका पर्खालहरु
माटोमा मिलुन निर्बल तथाकतित योद्धाहरु
म त्यसपछिको लडाईंको प्रतिक्षामा छु ।।
यी सुत्रमा बँधाइएका कविताहरु
हराउदै जाउन् , अनि वोतलसंगै रितिउन
मदीराको वेहोशीमा गाइएका गीतहरु ।
मेटिउन् ती स्तुतीगानका हरफहरु
हराउन् कृत्रिम उत्थानका प्रयासहरु
म नयाँ धरातलमा नयाँ कविताको प्रतिक्षामा छु ।।
(स्रोत : Freenepal)