~डा.मधु कृष्ण श्रेष्ठ “माधुर्य”~
कति नियास्रो लाग्दो छ
सिउँडीको घारी छिचोल्दै
देउराली नहिंडेको दिन
ज्वालामुखीको लाभा टेक्दै
मेलापात नहिंडेको दिन
कति टीठलाग्दो छ
बाढी र पहिरोसंगै आत्मसात नगरेको दिन
आँधी, बतास र भुकम्पले लुकामारी नखेलेको दिन
अहो ! कति रमाइला छन्
पहरा, कन्दरा हल्लाएर
प्रकृतिले चट्याड. सुसेलेका धूनहरु
दुःखको सोैन्दर्यमा्र डुबेर
दिनहुँ मृत्यु छाम्दै हिंडेका क्षणहरु
कति मनोरम छन्
धर्ती टेक्न एक मुठी माटो खोज्दै हिंडेका दिनहरु
बाँच्ने रहरमा जीवनको सार खोज्दै हिंडेका क्षणहरु
कति मीठा लाग्छन्
आगाका गीतहरु
बाडुली लागेर आफ्ले आफैलाई खोज्दै हिंडेको वेला
अन्ततः आपूmभित्र आफैलाई फेला नपारेको वेला
अहा ! कति मीठा लाग्छन्
आगाका गीतहरु !!
१६ जुलाई २००२, मास्को ।
(स्रोत : Freenepal)