शिरैमा लाउली शिरबन्दी नाकैमा झम्के बुलांकी
धेरै टार्यौ, भाका सार्यौ अब त घरबार होला की
साउने भेल,मायाको खेल हुंदैन पस्न जानि-जानी
तिम्रै छु छेउ खाइलाग्दो जिउ केलाई हिंड्छेउ छानि-छानी
धेरै छानी नहिंड नानी गालामा चाउरी परिसके ती
धेरै टार्यौ, भाका सार्यौ अब त घरबार होला की
यो जिन्दगानी बगेको पानी फेरी फर्केर आउंदैन सानी
भोकैमा मिठो, लिटो र पिठो हातैमा समाइ लैजाउ की तानी
रहर बोकी ओठ टोकी जुधाइ रहिछ्यौ नजर यी
धेरै टार्यौ, भाका सार्यौ अब त घरबार होला की
भानु-३,तनहुँ
हाल: अबुधाबी,युएइ
(स्रोत : Satakosahitya)