~इन्दिरा प्रयास~
दुबै मिली पिरतीको डोरी बाटौं न
एकअर्कामा भावनाको चाह साटौं न
दुबै जना मिलेपछि बाटो खुलाएर्
शहर मै बस्ने भए डाँडै काटौं न
बाँच्नलाई कति कुरा साँचो नभनेर
आफैलाई राम्रो भए केही ढाँटौं न
हावासरी उडे इच्छा मान्दै नमानेर
चाह हाम्रा एकै भए अब आँटौं न
तन मन मिले पछि जुठो नमानेर
एकैथालमा मीठोपिठोसँगै चाटौं न
हाल-इजरायल
(स्रोत : NepaliGazal )
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.