कुवाभीत्र रमाइरहेका एउटा मान्छेले दौड़दै आएर समयलाई भेटिहालेछ । उनले स्याँस्याँ गर्दै भन्यो- “क्या तपाईंको गति ! तर धन्य ! तपाईंलाई मैले भेटिँनै हाँले ।”
समयले स्वाभाविक ढंगमा भनेछ – “भेट्नको लागि त्यत्रो महाभारत के थियो ? म त म अविरल तपाईसंगै थिएं । तपाईंसंगै बहिरहें । तपाई जहाँ रोकिनुभयो म रोकिएं र जाहाँ गति पक्रनुभयो संगै मैले पनि पक्रिएँ ।”
मान्छेले अचम्भित हुँदै भन्यो – “तर मलाई त्यसको कहिल्यै आभास भएन । म सँधै तपाईंलाई पछ्याउँदै रहें । त्यसैमा संघर्षरत थिएं ।”
समयले हाँस्दै भन्यो – “म त तपाईंकै उत्पादन हुँ । म सँधै तपाईंको पछाडि छु । तपाईंको गति अनुरुप छु ।”
मान्छे आफ्नै जिद्दीमा रह्यॊ – “झुठ ! म त तपाईंको हर्दम पछाडि छु । म तपाईंलाई पछ्याउँदैछु ।”
त्यसपछि ऊ समयको पछाडि लाग्यो । समय चाहिँ उसको पछाडि । त्यो गोलाकार साँघुँरो कुवाभित्र उनीहरु एकाअर्काको पछाडि दोडिरहे । मान्छेले सँधै सोचि रह्यो- ऊ प्रगति पथमा छ ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार )