रिसाए म हजुर संग म बोल्दिन कट्टी
चर्की चर्की दुखोस छाती दिल खोल्दिन कट्टी
आफ्नो मात्रै मर्जी चल्छ मेरो ब्यथा कस्ले सुन्ने ?
उता फर्की सुत्नु होला पाउ मोल्दिन कट्टी
अंग अंग सुम्सुमाइ जादुगरी लठ्ठ पार्ने
चाला माला बुझीसके मरे डोल्दिन कट्टी
अघी पर्दा सोझो बन्ने रंग फेर्ने चेपारे झै
सुनेका ति सबै कुरा ओकल्दिन कट्टी
मेरो राजा मेरो प्राण मलाई भुल्न सक्ने भए
हजुरको जय होस केहि खोतल्दिन कट्टी
(स्रोत : नेपाल दर्पण [nepal Darpan] )