मान्छेहरुको भिडमा हराएको मान्छे म
आफ्नै छाया देखेर पनि डराएको मान्छे म
मान्छेहरुनै मान्छेहरुलाई लुछ्दै र चिथोर्दै छन्
भाग्ने ठाउँ नपाएर रुदै कराएको मान्छे म
आफ्नै छाया देखेर पनि डराएको मान्छे म
सत्य बोल्ने प्रयत्न गरे गधालाई गाई भनिन
घोर कलिमा कसैले मन नपराएको मान्छे म
आफ्नै छाया देखेर पनि डराएको मान्छे म
मान्छेहरुको भिडमा हराएको मान्छे म
आफ्नै छाया देखेर पनि डराएको मान्छे म
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )
Pingback: गजल : म | swamisubashchandra