सधैं जनताहरु ईतिहास सँग रोए
भनेको भन्दा फरक गरेको व्यबहार सँग रोए,
यो सबै स्वार्थको मापडण्ड हो भन्ने बुज्दा बुज्दै पनि,
नियतिको खेल देखी रोए।
.
अज्ञान ता भन्दा पनि भ्रमको सागरमा पस्दै
सागरबाट पार हुन नसकी रोए
देखावटी प्रतिबद्दता हुन, भन्ने बुज्दाबुज्दै पनि
तैराउने आसामा पस्दा सतासको भेलमा आँफै बगेर रोए।
.
पुरानै जे को त्यही हो भने,के लाई सङ्ख्या बडाउनु
आफ्नै हस्ताक्षर को आँफै अपमान हो भने,केलाई कागज सडाउनु
जहा,बीश्वास को साथमा अबिश्वास को लाभा भेटी रोए
मनसुली धानको गोदाममा, मिसावट सावा भेटी रोए।
.
बिक्ने आफु भन्दा,बिकाउने बोली नबुज्दा
स्वादिला तर झुटको भाषण देखी रोए।
जनबादका कर्किदा बोली तर व्यबहार मा निकै फरक
हिटलर को जस्तै शासन देखी रोए।
पावेल शर्मा
बाग्लुङ जैदी,
हाल-दोहा कतार
(स्रोत : Milankosansar)