अचानक बर्सिन
थालेको देखे
बिटाहरू दर्बको
मैले नुहाउने
छहरा तिर
म चड्ने
पहरा तिर
बसाई सरेको देखे
मेरो गाउको झोपडी
महल बनि
शहर तिर।
जब मैले पाएथे
आउने अनुमति
यो सपनाको देश तिर।
म आइ पुगे,
सपना हरु बुन्दै
बर्षौ बित्यो
अझै बुनिरहेकै छु
अँध्यारोमा डेरा छाडी
अँध्यारोमै फर्किन्छु
जोतिएर
बर्षौ बित्यो
जोतिई रहेछु
र पनि
छहरा पहरामा
बर्शेका ति दर्बहरु
यहाँ मैले
झार्नु सकिन
गाउँको मेरो
फुसको झोपडी
महल बनाइ
शहर सार्नु सकिन
गर्भासयमै मैले
छाडेर हिडेको
मेरो निसानी
अहिलेत झोला बोकी
पाठशाला धाउछ रे
मैले उसलाई
देख्न नपाउनु
मेरो दुर्भाग्य
उसले मेरो
औंला समाई
हिड्न नपाउनु
उसको दुर्भाग्य
जवानी थाति राख्दै
चिसिएको लामो
हिउदे रात
सिरानी च्यापेर
एक्लै कटाउनु
मेरो जीवन साथीको
झन् ठुलो दुर्भाग्य।
औड़ा लागेर
हतासिन्छ मन
बेतालले छट पटाउछ तन
छिछिमिरा बनेर
उम्रिन्छं प्रश्न हरु
न यहाँ नाग्नु पर्ने
कुनै दिवार छ
न काट्नु पर्ने
कांडे तार छ
बिना सुरक्षाको
जिन्दगी लाचार छ
र पनि यो देशलाई
चटक्क छाडेर
जान नदिने
खै कस्तो
अदेखा बार छ
त्यसैले
यहा सम्म ल्याउनुमा
कर्मको झेली खेल भो
मेरो लागि यो
यो सपनाको देश
बिना परिधिको
सेन्ट्रल जेल भो !!
…………………..
इलाम, हाल: अमेरिका
मणि बाङ्देल ‘सागर’
(स्रोत : Ianws.org)