~कृष्ण प्र. पाण्डे~
न तस्विर भित्ता भित्ता न त पर्चा थियो
तन्नेरिका बिचमा त उनकै चर्चा थियो
तारिफका कुरा सुन्दा म`नि वाल्ल परें
कुन जुनीको कुन्नी कती? बाँकी कर्जा थियो
मदहोशी थिए सबै बिना मात पीइ
होला होला ती आँखामा पक्कै मर्चा थियो
सामूबाट हेर्न खोजें मौका जुरेन पो
नदेखे नि यो मनमा परि दर्जा थियो
चाहनाको सीमा हुन्न , हुन्न नाफा, घाटा
भनीदेऊ साथी कोही यदी हर्जा थियो
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )