छातिमाथि हात रखि आफ्र्नै मान्छे भन्यौं
गाढा भन्छौ तिम्रो मेरो के नाता रह्यो
क्षणभर टाढा हुँदा साह्रै दुःखी बन्छौं
स्नेहका आँखा बिछ्याई ठुस्किएर बस्छौ
ठुस्किएर नबोल्दा पो धेरै माया लाग्यो
गाढा भन्छौ तिम्रो मेरो के नाता रह्यो
दोवाटोमा टोलाएर मेरै बाटो कुर्छौ
बाटोभरि दृष्टी बिछ्याइ विम्व मेरै खोज्छौ
आँखैभित्र राख्छौ भन्छौ के संबन्ध रह्यो
गाढा भन्छौ तिम्रो मेरो के नाता रह्यो
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )