मेरो देस मै देखी रोइरहेछ
मेरै ब्यथाले छट्पट्टि रहेछ
निसास्सी बाटो हेरी रहेछ
कुन देसको सरणार्थि भयो ?
रासन कार्ड पायो पाएन ?
चिन्तै चिन्तामा डुबी रहेछ
म भने राष्ट्र सँग नाता खोज्दैछु
चितामा हैन चिन्तामा जलदैछु
दुधको भारा छोडी अब नेताहरू
अर्काको नुनको सोझो गर्नलागे
त्यसैले छिमेकीले हेप्न लाग्यो
ग्याँस,तेल,ओखतीआदी अभाब
मरीच झै चाउरीनु हुन्न थियो
हिजोको भुकम्पले पुरेको छैन
हाम्रो मानब हक र अधिकार
आफ्नै गालामा थप्पड हान्दैछौं
आत्म निर्भरता हाम्रो सोच छैन !
गाँऊ मलामी खोज्न सहर धाइरहेछ
सहर चुलो बाल्न परदेस हिडीरहेछ
हो देस दुखी रहेछ मेरो पिडा बोकेर
आज मेरो परदेस चिन्तितछ देस सुनेर
– राज थापा
आयरल्याण्ड !
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )