पहिलो चोटले काट्यो मलाई, दोस्रो चोटले पिट्यो मलाई
थुप्रै चोटले पोल्यो मलाई, चोटैचोटले आफै जल्यो सलाई
कस्ले तानिदिने रै’छ मन, गङ्गासित मनै बुड्यो
कस्ले बाँधिदिने रै’छ मन, पवनसित मनै उड्यो
चोट पर्दा हाँस्ने आफ्नै थिए दोष दिने कस्ले कस्लाई
थुप्रै चोटले पोल्यो मलाई, चोटैचोटले आफै जल्यो सलाई
कस्ले रोकिदिने रै’छ मन, पैंयासित मनै गुड्यो
कस्ले जोडिदिने रै’छ मन, चङ्गासित मनै चुाड्यो
हात दिँदा निल्ने आफ्नै थिए गर्छ कस्ले कस्को भलाई
थुप्रै चोटले पोल्यो मलाई, चोटैचोटले आफै जल्यो सलाई
पोखरा, हाल: भक्तपुर
(स्रोत : शनिबार, गोरखापत्र – भाद्र १७, २०६८)