समय वग्छ
खोलाको पानी जस्तै
रमिते मान्छे
नेताको वोली
सुन्दा थोत्रियो कान
योजना आलै
अमर प्रेम
प्रेमीको चिठ्ठी
पानीको फोका
झटारो हान्छ
फल झार्ने आशाले
झोला छ रित्तै
आजको मान्छे
समयको खेलौना
धक्कु लाउछ
गुलावी फूल
झ्यालमा फूल्छ सधै
दिल वसेछ
हुरी वतास
मडारीन्छ मुटुमा
विछोड पत्र
जनता गोटी
नेताको बाघचाल
निर्दोष मृत्यु
निर्णय हुन्न
राजनितीमा यहा
दिल्लीको यात्रा
जनताको नाम
निर्वाध वेच्छ नेता
नेपाली वजेट
विजुली वल्छ
झिलीमिली अरुको
श्रोत नेपालको
दशैको टीका
जनजाति निधार
विरोधभाष
नेताको गीदी
चपाएछ देशले
र्घाईते निती
नाटक गर्दा
च्यातियो पर्दा सवै
असत्य कुरा
हाक दिन्छ उ
सगरमाथा अग्लो
गाडो तन्नेरी
तेत्तिस कोटी
देवता छन् यहा
भूत सवार
गरीव देश
जनताको पसीना
मन्त्रिको दशै
काटमार छ
नेता भन्छ देशमा
वुध्द जन्मिन्छ
अमिलो मन
उसैको सम्झनाले
दुखेछ मुटु
ल्हासाको सुन
काम छ मेरो वुच्चै
नेपाली भाग्य
मोटर वाटो
खनियो कागजमा
वजेट स्वाहा
वदामी आखा
विरालोको हिडाइ
आजको माग
सधै झगडा
देशको राजनिती
जनता ठग्ने
खाइ न पाइ
छालाको टोपीलाई
केहि न काम
वाचा उनको
फूल झै ओइलिदा
परे दोधार
विरानो मान्छे
मुसुक्क हासी दिदा
फक्रियो प्रीती
निलो आकास
हरीयाली सुवास
साझा निवास
उनको याद
वसेछ दिल भित्रै
उधारो प्रेम
सम्झना मात्रै
आउँछ नि उनको
वैशालु मन
मेघ गर्जन्छ
वर्षाको मौषममा
हिलाम्य मन
भोटको सुन
ल्याउँछु भन्छ उ
कान छ वुच्चै
खहरे खोला
वर्षा यामको वेग
विथोल्छ मन
के के नै भनेर
चढ्दै जादा पहाड
उस्तै छ दृश्य
सुगन्ध चल्यो
वगैचाकोत्यो फूल
रमिता मात्रै
रेटियो मन
एकान्तमा सुसेल्दा
वहुला इच्छा
आधा आकास
भन्छन् सवै यहाँ
विभेध उस्तै
पूर्णेको जुन
उदाएछ मनमा
उनको प्रीत
(स्रोत : रचनाकारको ब्लगबाट सभार )