धेरै हराएँ तिम्रो यादमा
पीडै पीडा छ मेरो साथमा
आज यो भेट वर्षौँ पछिको
लाग्छ देख्दै छु स्वप्न रातमा
दैव खेली रह्यो निरस खेलहरु
मात्र दिइ रह्यो केवल झेलहरु
घात थप्दथ्यो दैव घातमा
पीडै पीडा छ मेरो साथमा
आज यो भेट वर्षौँ पछिको
लाग्छ देख्दै छु स्वप्न रातमा
भेट हाम्रो त्यही पहिलो याद गर
परेँ भर धेरै मलाई माफ गर
पुगेँ म कहाँ बात बातमा
पीडै पीडा छ मेरो साथमा
आज यो भेट वर्षौँ पछिको
लाग्छ देख्दै छु स्वप्न रातमा
बुझ्नु तिमी तब साईनो छैन भनी
हामी जाऔँ फेरि गोरेटो एक्लै अनि
जब दिनेछु नासो हातमा
पीडै पीडा छ मेरो साथमा
आज यो भेट वर्षौँ पछिको
लाग्छ देख्दै छु स्वप्न रातमा
धेरै हराएँ तिम्रो यादमा
पीडै पीडा छ मेरो साथमा
आज यो भेट वर्षौँ पछिको
लाग्छ देख्दै छु स्वप्न रातमा
27-02\01-03\ 2010
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )