फाटेको यो दिललाई टाली राख्या छु
तिम्रै लागि आफूलाई पाली राख्या छु
दिन ढल्यो, चाँद छैन, औसिको रात
सम्झनाको दिपलाई बालि राख्या छु
कत्ति आए परदेशी बास माग्दै यहाँ
तिम्रै लागि भनि ठाऊ खाली राख्या छु
बग्न थाले आशू ति ख़ुशी छिचोलेर
आशुलाई नै जमाउन आली राख्या छु
म भनेकै तिमी हौ तिमी फूले पुग्छ
तिम्रै लागि आफूलाई माली राख्या छु
(हाल – सूडान)
(स्रोत : Satakosahitya)