घोगा पाक्या सोणा भरी,तोरियाँ लाग्या झुल ।
परदेशी सम्झि बैरागी हुन्या,,,आँसु धारा मुल ।।
धान पागी सिराउली हुन्ना,कठै सकाईल सेरा ।
जिन्दगी पराय ठाउँ बित्यो,धन्या भाग्य मेरा ।।
धन काटी अङला हाल्या,,कोद्या काटेर खात ।
जिन्दगी धो बिताउन भयो,,परदेसी का जात ।।
अबत कठै सुक्न लाग्या,हरियाली बन पाखा ।
सोराई ले होकि सम्झनाले,,आँसु चुया आँखा ।।
बेलो लामो कुपिन्ना को,,असार साउना मैना ।
बन जङ्गल हरियाली घाँस,कठै ईजर रुईना ।।
प्रकाश जे धामी ( डडेल्धुरा )
नवदुर्गा कनेडा हाल मुम्बई
(स्रोत : फेसबूक देउडा समाज)