अब कसम भन्दिन भो प्रेमको सुन्दर शहर देउ
तिमीसँग दुःख सुख साटी बाँच्ने रहर देउ
दरार छन् जहाँ सुकै जिन्दगीका गारेटोमा
गन्तव्य नै छैन अब, भन्दिन म कहर देउ
किन बुन्नु सपनामैं भत्कने त्यो तास्को महल
दुःस्वप्नले पिछा गर्छ पर्दैन त्यो पहर देउ
सधैं चैते खडेरी र हुरी वतास चल्छ यहाँ,
माग्न पऱया छैन अब वसन्तको लहर देउ
जिन्दगीको कठघरामा साक्षी दलील पेशीसकें
अपराधी सावित गर्न तिम्रो अन्तिम ठहर देउ
रित्तिएको आत्मा शायद पृथ्वीलाई भार होला,
तिम्रो मनलाई शान्ति मिलोस् मलाई पिउन जहर देउ ।
(स्रोत : Satakosahitya)