भीरमुनि उभिएर
पहिरो
पखिर्रहेको छ मान्छे
पहिरो कहिले
उस्को आगन हु“दै बग्छ
पहिरो कहिले
उस्को मन छु“दै बग्छ
यी थरिथरिका पहिरोहरुबाट
खै कसरी
तर्किरहेको छ मान्छे
उसलाई थाहा छ
भीर डरलाग्दो हुन्छ
सायद कतै टेक्ने ठाउ“ नभएपछि
भीर छोड्न सक्दैन मान्छे
उसलाई नसम्झाइदेऊ
पोहोर साल
परार साल
सम्झियो भने मनै भत्किन्छ
यसपालि त
घर भात्किए पनि
मन भत्काउ“दिन भन्दै
डर लाग्दो भीरमुनि उभिएर
पहिरो
पर्खिरहेको छ मान्छे
यी थरिथरिका पहिरोहरुबाट
खै कसरी तर्किरहेको छ मान्छे ।
(स्रोत : सम्मोहन साहित्यिक पत्रिका)