~पुण्य गौतम ‘विश्वास’~
हाम्रो युगको “महादेव”
अघिपछि लगाएर आफ्ना नन्दीभृङ्गीहरूलाई
दिनदहाडै पस्छ–बस्तीभित्र निर्बाध
र घोषणा गर्छ–
समयलाई घोडा बनाएर
आफुखुसी बेलगाम दौडादौड हिंड्छु ।
घोडाको टापको कर्कश आवाज
उसको बीभत्स अट्टहासमा घोलिई
बस्तीमा आतंकको कालो छाया मडारिन्छ
उसको आगमन हाम्रो निम्ति मानौं
खोलाको बीच बगरमा
अलपत्र परेको बाच्छाको निम्ति
भेलबाढी जस्तै छ ।
दूरदराजको हाम्रो बस्ती खानतलास गरेर
हाम्रो संघर्षशील मनलाई आतंककारी घोषित गरेर
यत्रतत्र छापा मार्छ
र लुट्छ हाम्रो रगत, पसिना र आँसुको फल ।
तर सक्दैन हाम्रो संवेदना चोर्न÷हाम्रो निष्ठा लुट्न ।
एकदिन अनायासै सुनियो,
हाम्रा फा“टहरूमा भुलिरहेको खुसी लुट्ने
हाम्रो युगको “महादेव”
समयको घोडाबाट उछिट्टिएर÷त्यसकै टापमुनि किचिएर
सुखद मृत्यु म-यो रे ।
र इतिहासको सुकोमल हातले
उसको ‘गन्दा शव’ माथि कात्रो ओढायो रे ।
यतिबेला म सोचिरहेछु–
हाम्रो युगको महादेवले
समयलाई घोडा बनाउने “रहर” किन ग-यो
जब त्यसकै टापमुनि किचिएर मर्नुपर्छ भने ?
(स्रोत : वेदना साहित्यिक त्रैमासिक, पूर्णाङ्क ६५, वर्ष २९, अंक १, असार २०५९ )