एउटा समुहको सदस्य
उ मिलिटरी थियो
सुसुप्त समय
स्वार्थका अनधकारभित्र
भयका प्रतिध्वानि
कर्कश भएर गुञ्जियो
र भन्यो ह्यान्ड साफ
मैले दुबै हात उठाए ।
उ फेरी बोल्यो
नटेरेको होस्
मैले सुनिन र उत्तर जानिन
उ र मेरो दुरी नििजक हो र छ ।
कक ग¥यो
मलाई सोझ्यायो
हेरे र हेरीरहे
एकहोरो हेराईले
मेरा नयनहरु तिरमिराए र
देख्न कम छाडे
कालो पृष्ठमा
कालै भयको आकृति थियो
उठेका हातहरु गले र
बिश्राम दिनलाई तल झारे ।
उ सक्रिय थियो
र गर्जनकासाथ कड्क्यो
अपशव्द गालीको साथ भन्यो
ला.. तँलाई
मैले थाम्न सकिन
र पनि थामे।
म मुक थिए
डुङ्ग आवाज सुने र तर्सिए
छातिमा कता कता
सियोले घोचे झैं लाग्यो
बल्ल थाहा पाएँ र बोले
होईन म होईन बिश्वास गर्नुस्
संगसंगै रुखझैं गर्लम्म ढलें
अत्यान्त पीडा भयो
पीडा बाँड्न आमा भने
कसैले सुनेनन्
तर मैले सुने
समर्पण गर भन्दा भन्दै
प्रतिकार गर्ने÷प्रतिबाद गर्ने
मरिस, तँ गईस्
यसपछि मैले सुनिन
गाउँलेहरु भन्दै थियो रे
उ बीरे हो, उ गरीब हो
बनिको पात्र हो
उसको कुनै दोष छैन÷हैन
उसका धेरै चिचिला नानिहरु छन्
एउटा रोगी संगीनी पनि
उसका सारा दुःख उसले लगेनन्
बरु थप्यो र छाडी राख्यो
बिजोग÷बियोग भयो
बीरेको…
बिचारा….
यस्ता यस्तै बिषेशणका बिश्लेषणहरु
सबै सबै भन्दै थियो रे ।
२०६२/०४/२७
(स्रोत : रचनाकारको ब्लगबाट सभार )