~भवानी तावा~
अनुवादक– थाम्सुहाङ् पुष्प सु्ब्बा
उहिले नै–
दशकहरु र युग अगावै
मेरो बैंसमा–
समय परिवर्तन भइरहँदा
मेरी मायालु १
एकडवको जाँडको आमन्त्रणमा भेट्न आउँथिन् ।
कतै संगै खान्थ्यौं
कतै संगै वस्थ्यौं ।
समयान्तरमा बेला बखत भन्थी–
हजुर १
मलाई तीतेमाछा खान मनलागेको छ
भीरमौरीको मह पिउन मनलागेको छ ।
तर, दूबोजस्तै धर्तीमा मौलाउने
विश्वासका जराहरुलाई किन उखेल्यौ ?
मैले समयका निर्णयहरु त बताइन
तर भाग्यको टुंगाउनी अनुभूति गरें ।
भनें–
उहिले नै फकाउनीको पराकाष्ठामा
साँप्रोको एकटुक्रा हड्डी
सम्मानले थापिखाँदा
तीतेमाछाको खोल्सी सुकेर टाढा भाग्यो
भीर आफै चुलिएर बढ्यो
अब त एकडबको जाँड पनि पोइल जाँदैछ–
कसो पो गरौं र ? प्रीयसी हजुर १
वार्ताले हठात् उनको मुहार अँध्यारो भइदिँदा
मेरी आमा १ नांगै रोइरहेझैं लाग्यो
हो, मेरो भाग्यको अन्तता अनुभूति भएझैं लाग्यो ।
लिम्बू भाषाबाट अनुवादीत कविता
पाँचथर
(स्रोत : तेह्रथुमबाट प्रकाशित हुने एक मात्र ‘विकसन’ साहित्यिक पत्रिका )