चौकीमा बसेर तल हेरी पुड्के भन्नेहरुले
माटोमा उत्रेर हाम्रो उचाई नाप्नु पर्छ
तिम्रो जुताले न थिचेको भए
तिम्रो बिल्डिंगसंग उचाइको होड गर्थे ।
गमलाको फूल होइन म
आहा ! त्याहा अटाउदिन ।
तिम्रा इच्छाहरुका धागाहरुले बोंसाई गरेर
मेरा कदहरु निमोठी दिएका छन्
आउ खुल्ला चुनौती
अबको मैदान
अबको आकाश
अबको बाटो
बराबर गरि हेरौ ।
जंगली फूल र त्यसको काडा हुं म
आह ! कसैले तिखार्नु पर्दैन । —
(स्रोत : रचनाकारको ब्लगबाट सभार )