खै कुन्नि के अर्थ बुझी पुतली ले, बत्तिको मौन भाखाको।
समर्पण उनको प्रेम थियो या भ्रम थियो उनको आँखाको।
शायद पुतलीको मनसाय साँच्चिनै बत्तिले नबुझेको होकी?
अनायास उनको निर्णयमा उसलाई केही नसुझेको होकी?
कोशिश पुगेन की आफ्नो मायाको हद उसलाई बुझाउन।
कहिँ उनको त्याग विवशता त थिएन उसलाई रिझाउन।
अभिमान जलाउने को थियो या थियो गल्ती जल्नेको?
थियो भूल पुतलीको बुझाईको या खरानी पार्न बल्नेको?
बोस्टन अमेरिका
(स्रोत : Milankosansar)