गुलाबि ओठको चुम्बन
छातिमा अमिट टासेको छु
गाजलु आँखासँगको फसाई
शिरमाथि औला चलाईको सम्झना
प्रेमिल बिख्यात चित्र अगि
प्रेमिल मुस्कान साटिरहेछु
ओ,श्वयत प्रियतमा
तिमिसँग कटाएका दिनहरु,साझहरु र रातहरु
भञ्याङ्गहरु ,क्याफेहरु
कति सुलोलित बग्छन सम्झनाहरुमा
कति मायाबी बग्छन अनुभुति गहिराईहरुमा
तिमिले गाएका गितहरु
नखरामा चलाएका हातहरु
मलाई बेसरी सम्झना छ
र सम्झिरहन्छु
तिमिले चुमेका हातहरु
मैले चुमेका औलाहरु
सँगै लजाएर बादलभित्र पसेको जुन पनि
तिमिले मलाई चुम्यौ ,मैले तिमिलाई
तिमिले आफुलाई भुल्यौ ,मैले पनि
कति अविस्मरणीय रात वित्यो
अलि अलि लजाउदै ,अलि अलि हसाउदै
झ्यालवाट सपनाको संसार चिहाउदै
सुन्दर भव्य ,स्वप्नील पहिलो रात
आजकल,
तिमि पारी छौ म वारी
हामि पार्सपोटमा छेकिएक छौ
तर एस एम एसका लाईनहरुमा
फेसबुकका स्टाटसमा
हामि साटिएका छौ
भोगाईको दुरता ,सम्झनाको सामिप्यता
प्रत्येक साझ आउने एस एम एस सम्झिरहेछु
तिमिले लेखे जस्तै म पनि
त्यस्तै प्रेमिल
त्यस्तै उन्मादको
त्यस्तै आकर्षणको
शिशिरमय भव्य मायावि रातको प्रतिक्षामा छु ।
(स्रोत : Rajbanskota.wordpress.com)