दुक्ख सुक्ख जेभयनी , सधै हाँसेकै छु ।
तिम्रो तस्वीर मुटु भित्र , सधै टाँसेकै छु । ।
तिमी सधै खुशी रनु , देउता भाकेकै छु ।
जूनिजूनी सँगई जिउने , बाचा राखेकै छु ।
तिम्रो माया स्पन्दनमा , सधै धकधक बोल्छ ।
तिम्रो यादले एकान्तमा , यो कलेजी पोल्छ । ।
तिमी सँग नछुट्टिने , नाता गाँसेकै छु ।
सुक्ख दुक्ख जेभयनी , सधै हाँसेकै छु । ।
चन्द्र कुवँर “चन्द्रमा”
बुढाकोट ५ , अछाम ।
बसाई धनगढी , हाल – मुम्बई बाट ।
(स्रोत : फेसबूक देउडा समाज)