•
यही जिन्दगीको खजाना रहेछ
नयन आँशुको कारखाना रहेछ
•
म उस्तै छु उस्तै छ आकाश मेरो
फगत बदलिएको जमाना रहेछ
•
भरी मन मुटुमा तिमी नै तिमी छौ
अँगालो त केबल बहाना रहेछ
•
मीठो नीँद, सन्तुष्ट मन, शान्त आत्मा
सबै चीज श्रम मोतिदाना रहेछ
•
सडकमा रहुञ्जेल मान्छे बराबर
सबै भेद नाना र छाना रहेछ
•
कति लेखिए लेखिनै छन् कति थोक
जीवन भन्नु बस् रिक्त पाना रहेछ ।
•
म तर्किन्छु भन्दा परेँ जाल भित्र
सिकारी को बेग्लै निशाना रहेछ
•
भयो भो नसुत् उठ् उज्यालोले डाक्यो
यो आवाज त्यसकै तराना रहेछ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )