~पवन बराल ‘आवारा अनुरागी’~
झुक्कीएर नखोज्नु मलाई भेरीको छालमा छैन आमा
मेरो इतिहासकै उहि पूरानै त्यो हालमा छैन आमा
पत्तै नपाई म पनि समयसगै परिवर्तन भइसकेछु
घर पिछाडी हिड्ने त्यो कछुवाको तालमा छैन आमा
झुक्कीएर नखोज्नु मलाई भेरीको छालमा छैन आमा
बिग्रेको छोरो सुध्रिएछ भन्ने ठान्नु हुन्छ भने यदि यहा
उहि पूरानै त्यो नक्कली केटीको जन्जालमा छैन आमा
झुक्कीएर नखोज्नु मलाई भेरीको छालमा छैन आमा
अझै“ बढि चिन्ता लिनु पर्देन अब देखी मेरो बारेमा
हेर्नुस् कुनै जमनाको पुरानै त्यो बेहालमा छैन आमा
झुक्कीएर नखोज्नु मलाई रारा तालमा छैन आमा
मेरो इतिहासकै उहि पूरानै त्यो हालमा छैन आमा
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )