बिर्सिएर गयौ तिमी, संझनामा टोलाइरहे
क्षितिज पारी भयौ तिमी, तरपनि बोलाइरहे
अलपबनी गयौ तिमी, क्षितिजको डाँडाबाट
छट्पटी भो मनमा यस्तो, रोइदिए टाढाबाट
तड्पिएर तिम्रो यादमा, आफुलाई जलाइरहे
क्षितिज पारी भयौ तिमी, तर पनि बोलाइरहे
संझनामा बाँकी अब, पुराना ति मायाँहरु
विरानो भो आफैसँग, आफ्नै यी छायाँहरु
अतित बन्यो मायाँको घाउ, फेरि चलाइरहे
क्षितिजपारी भयौ तिमी, तरपनि बोलाइरहे
बिर्सिएर गयौ तिमी, संझनामा टोलाइरहे
क्षितिजपारी भयौ तिमी, तरपनि बोलाइरहे
खोटाङ, सगरमाथा
(स्रोत : Satakosahitya)