~भुपेन्द्र वीर विक्रम लामा~
बुबाको िक्रया गर्न गरेको ऋण तिर्न नसक्दा
भक्कुमार गोदाई खाएको
छोराको भोक मेटाउन गरेको ऋण तिर्न नसक्दा
छोरालाई नै साहुको गोठालो बनाएको
चार पुस्ता अघि मुद्धा खेल्दा धरौटी तिर्न नसक्दा
सुकुम्बासी भएको
जमिन्दारको कमारो बनेको
अहिले एकोहोरिदै फत्फताउँदै हिडेको
तिनघरे ठूल्दाई देख्दा
मेरो आँखाले सोध्छ
म कुन वर्गको मान्छे?
चिया खाएको गिलास खकाल्दै गरेको
विष्टहरुलाई ढोग टक्राउँदै गरेको
आरानको आगो छेऊ फलाम कुट्दै गरेको
सुँङ्गुर खोर नजिक दिउँसै उँङ्दै गरेको
कहिलेकाही दिउँसै मातिएर स्वास्नी पिट्दै गरेको
पूच्छरटोले विश्वकर्म दाई देख्दा
मेरो मस्तिष्कले सोध्छ
म कुन वर्गको मान्छे?
मुरिकामुरी धान थुपारेको
टन्नै कुत कमाएको
हजारौं व्याज बुझेको
छोरालाई मोटरसाइकल चडाएको
आफू कारमा हुँइकिएको
शहरमा विल्डिङ ठडाएको
अझै पनि लोभ नहटेको
पैसाकै पछि दौडेको
माझ्घरे जम्दार काका देख्दा
मेरो मानले सोध्छ
म कुन वर्गको मान्छे?
ऋण तिर्न नसकी
गोठालो बस्न नपरेको
तरपनी ऋण नतिरेको
बन्दकी रातखेको लालपुर्जा नझिकेको
पढ्न नपाएको होइन पढेको
जगिर नपाई भौतारिएको
तैपनि हल्लिएरै हिडेको
आफैं लाई बुझ्दा
मेरो आत्माले सोद्छ
म कुन वर्गको मान्छे???
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )