~बिपिन खनाल~
चाहुरी परेका गाला
हिउं भन्दा सेतो केश
आंखाको द्वार आधा खोल्दै
काम्दै गरेका ओठबाट
कम्पित स्वर निकाल्दै
एक बुढि आमा
एक बुढा बा
बिस्तारै लौरी टेक्दै
स्वास जोरले फ्याक्दै
अड्कि अड्कि
म आश्रममा पस्न साथ
प्रश्न तेर्साउदै
मेरा अगाडि आइपरे
यो मोरोले नि
जन्मदिने बाउआमाको
कुप्रिएको ढाडमा
पिडाको थैलो बोकाइदिएर
आफ्नो बगैचाको माली
आफै बन्न
खुलेआम आफ्नो अधिकारको
झन्डा फरफराउन
यहि जेलमा जाकिदिन ल्यायो
उनीहरुको ऑखामा
छुट्टै मर्म थियो
चार दिवारमा बांधिएका उनीहरु
आश्रम नै ठुलो धर्म थियो
मैले कारण
त्यो नभएको बताऍ
हजुरहरुको माया लागेर
आएको जताऍ
त्यति सुन्ने बित्तिकै
मलाई गोलो घेरामा घेरेर
सबै खडा भए
आफ्नो घरदेखि आश्रमसम्मको
कहानी बताउदा
कोहि नरम त कोहि कडा भए
कसैको छोराले
बुहारीतिरको मात्र
कान खोल्यो रे
कसैका सन्तानले
बुढेसकालमा पाल्दा
लाग्ने खर्च बोल्यो रे
कोहि आफ्नै
मर्जीले आका थिए
बुढेसकालमा आफ्नै उमेरकाको
साथ चाहका थिए
आमा-बाको माया छोराछोरी माथि
छोराछोरीको माया ढुंगामुडा माथि
एउटी बुढि आमाले
आशु बगाउदै भनिन्
छोराबाट गरेका आश
औला भाच्दै गनिन्
उनीहरुको कथन सुन्दा
मेरा ऑखा भारी भए
त्यो दिन म
उनीहरुको आभारी भॅ
चिन्तन गरें अनि आफ्नो दाहित्व
मेरो जीवनमा बुवाआमाको अस्तित्व
आंशु पुछ्दै बाहिर निस्कन लाग्दा
सबैले एकै स्वरमा भने
“बरु भग्वानको मुर्ती
बाहिर फाल तर
जन्मदिने बाआमालाई
घरबाट ननिकाल”
ब्रिद्धा आश्रममा
मेरा ऑशुको कुनै अर्थ थिएन
समय र उमेरको कुनै सर्त थिएन
उनीहरुको संधै
कल्याण होस्
अनि हरेक छोरा-छोरीलाई
यति ज्ञान होस्!
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )