घामको झुल्का पोखिएर सँघारमा परेको दिन ।
आमाको काख रित्याएर सडकैमा झरेको दिन ।
कहिले छोरा फर्किएर आँटो पिठो ल्याउला भनि,
मनको आँखा तानी आमा मझेरीमा सरेको दिन ।
बिहानदेखि देश खोज्दै, हराएको सन्तान अब,
आउने आशा सकिए’सी आँशु भेल तरेको दिन ।
अध्याँरो यो धर्ती’थ्यो कतै हुरी चलेको रात,
देशले चाहिँ अलिकति आज ज्योती भरेको दिन ।
मनु लोहोरुङ
सितलपाटी – ६, संखुवासभा
हाल :- न्युयोर्क
(स्रोत : Manu Lohorang Rai’s Blog)