कथा : लिगलिगकोटको कुर्सीदौड !

~विजय चालिसे~Vijay Chalise

“उफ्…..बल्ल सकियो लिगलिगकोटे दौड ! तर के गर्नु आफूलाई दौडबाट नबाहि¥याई धरै दिएनन् ! बेकार दौडियो त्यतिबेला यो कठिन दौड !” आफ्नो टोललाई लिगलिगकोटको नेतृत्वमा पु¥याउन गर्नुपरेको लामै सङ्घर्षले निकै थकाएको थियो उनलाई । उनी अर्थात्, लिगलिगका ठूलोकोटे टोल नेता ! यस अगाडि लिगलिगकोटे मुखियाका लागि भएका दर्जनौं कुर्सी दौडमा उनी आफैं नलडेका होइनन् । तर आफ्ना र अरूतिरका सबै मिलेर उनलाई अनेकौं पटक छिर्के हालेर लडाइदिए । सफल हुनै दिएनन् । आखिर केही नलागेपछि आफैंलाई छिर्के दाउले माथ गर्ने टोलकै अर्का सहयोगीलाई त्यो दौडको लगाम सुम्पनुपरेको थियो । सम्झँदा पनि उनको मनै भरङ्ग हुन्छ । अगाडि पनि त यसरी नै बाहि¥याएका थिए पापीहरू मिलेर ! उनका मनमा अनेकौं कुरा खेलिरहन्छन् । त्यसैले उनी बाहिर खुसी देखिए पनि भित्र अत्यन्तै दुःखी छन् । उनको मन कम रोएको छैन ।

यो पछिल्लो पराजयले उनलाई नराम्ररी थकाउनु स्वभाविक थियो । शरीरभन्दा पनि मन धेरै थाकेजस्तो ! थकान मात्र हात लागी भयो, टोलको हातमा सत्ताको लगाम त ल्याए जसरीतसरी, लगाम समाउने त्यो हात भने उनको आफ्नो हुन पाएन । त्यसैले उनको मन भित्रैसम्म प्रफुल्ल नहुनु पनि त्यत्ति नै स्वाभाविक थियो । उनको अनुहारमा स्पष्ट प्रतिबिम्ब देखिन्थ्यो– उनी खासमा त्यति खुसी थिएनन्, उसको अनुमान ठीकै थियो ।

आज पनि चालकले सधैं झैं बङ्गलाको मूल ढोका छेउमैं लगेर उनको सान्दार पजेरो रोकेको थियो । चालक त्यो विशाल पजेरोको ढोका खोलेर निकै बेरसम्म सतर्क मुद्रामा उभिइरह्यो । त्यसो गर्दा समेत आज उनले हतपति मोटरबाहिर निस्कने जाँगर देखाएका थिएनन् ।

“यसभन्दा अगाडि त कहिल्यै यस्तो भएको थिएन !” आज टोली नेता त्यसरी घर आएर पनि निकै बेर पजेरोबाटै ननिस्केको देखेर उसले सोच्यो “आज मानसिक र शारीरिक दुबै रूपमा निकै थाकेजस्ता छन् हाम्रा नेता ।”
हुन पनि नेताजी निकै बेर विशाल पजेरोभित्रै सुस्ताए । बडो सुस्त चालमा निकै बेरपछि मात्रै उनी बाहिर निस्के । उनको निधार पसिनाले भिजाएको देखिन्थ्यो । वातानुकूलित बङ्गलाभित्र पसिसकेपछि पनि उनको निधारमा पसिनाका सेता दाना ओभाएका थिएनन्, चम्चमाइरहेकै देखिन्थे ।

बङ्गलाभित्र भुइँ बैठकमा पस्नासाथ उनले आफ्नो शरीरलाई सोफामाथि असरल्ल बिसाए । दुबै हातले टाउको समातेर लामो निश्वास फाले । केही वर्षयता बोसो टम्म भरिएर अस्वाभाविक मोटो देखिन थालेको उनको शरीर सोफा भित्रैसम्म धस्सियो ।
“टोली नेतालाई यतिधेरै थकित र निराश त यसअघि कहिल्यै देखेको थिइन !” उसले फेरि मननै सोच्यो । हुन पनि उसले यसअघि आफ्नो टोली नेतालाई यस्तो अबस्थामा, यति निरिह कहिल्यै देखेको थिएन । टोललाई दशकौंदेखि हाँक्दै आएका अत्यन्त शक्तिसाली आफ्ना नेतालाई आज यस्तो दयनीय अवस्थामा देख्दा एक प्रकारले उसलाई दया पनि लाग्यो ।

“कमरेड, चिया मगाउनुहोस् त एक कप । आज साह्रै थाकेको छु !” आवाज पनि निकै थाकेजस्तो ! उनको आवाजमा पहिले जस्तो कुनै ओज थिएन । कहाँको पहाड थर्काउने उनको त्यो सिंह गर्जेजस्तै गरजदार आवाज, कहाँ आजको यो पर…., कतैबाट आएजस्तै कमजोर स्वर ! ठूलासाना विभिन्न विद्रोहहरूको नेतृत्व गर्दै आएका टोलीनेता कमरेडको स्वर आज आफैसँग पनि हारेजस्तो कमजोर लाग्यो उसलाई !

कति घामपानी र भोकप्यास खप्दै दशौं वर्ष टोल छाडेर कहिले जङ्गल र कहिले परदेशबास गरेका थिए उनले । कति समय त आदिम पुर्खालेजस्तै गुरिल्ला जीवन बिताउनु परेको थियो ! त्यसरी लामो कष्टसाध्य जीवनको अभ्यासबाट इस्पात बनेका थिए उनी । त्यस्ता नेता कमरेड आज यसरी यतिबिन कमजोर देखिएलान्, उसले कहिल्यै कल्पना गरेको थिएन । उसले कल्पना गरे पनि नगरे पनि अहिलेको यो यथार्थ थियो ।

“चियामात्रै कि, सँगै केही नास्ता पनि मगाउँ कमरेड !” उसले सोध्यो ।

“होइन, चिया मात्रै । केही खाने मनै छैन !” सायद उनी पहिले तातो चियाको चुस्कीले मन र शरीरको थकान पखाल्न चाहन्थे ।

चिया मगाउन टोली नेताको आधुनिक किचनमा जाउन्जेल पनि उसको मनमा अनेकौं कुरा खेलिरहेका थिए । हुन त उनी बाहिर जति बलिया देखिन्छन्, यथार्थमा भित्रबाट उति नै निफ्फर छन् भन्ने कुरा उतिबेला सशस्त्र आन्दोलनका बेलामा सुन्ने नगरिएको होइन । उनका टोलभित्रकै बिरोधीहरूले ‘उनी बाहिर आफूलाई जे देखाउँछन्, यथार्थमा त्यो होइनन्’ भन्थे । अहिलेको यो अबस्था हेर्दा उनका बारेमा गरिएको त्यो आलोचना पूरै असत्य रहेछ कि भन्ने लागेको थियो उसलाई ।

त्यतिबेला दबिएको आवाजमा भनेको सुनिन्थ्यो– बाहिर जति दरिला देखिन्छन्, भित्र त्यत्तिनै कमजोर छन् उनी । उनको बल भन्नु नै अरुलाई उपयोग गर्न गर्न सक्नु नै हो । अनि अलग अलग दुइवटा गूटलाई एकअर्काप्रति प्रयोग गर्न सक्नु उनको सामथ्र्य ! त्यही गुटीय प्रयोगमा उनी आफ्नो शक्तिको स्रोत आर्जन गर्दथे । त्यसरी नै आफ्नो पक्षमा बहुमत बनाइराख्न सक्षम बन्थे उनी । त्यतिबेला पनि कताकति चुहिएर बाहिर आएका यी कुरा पछि टोल र लिगलिगकोटकै नेतृत्वक्रममा पनि देखिन थालेका थिए ।
त्यतिमात्र होइन, जङ्गलयुगमा अरु पनि गाइँगुइँ सुनिन्थे– कार्यकर्ताहरूलाई मर्न मार्न लगाएर उनी आफू भने आजका ठूला भनिने अरू नेतालाई समेत लिएर सुरक्षित ठाउँमा ऐसोआराम भोगिरहेका हुन्थे रे । त्यसैले विरोधीहरू भन्थे, उनको त्यो जङ्गलबास र गुरिल्ला जीवन अरुलाई देखाउनका लागि मात्र हो । भोग्नका लागि होइन ।

त्यतिबेला विहड कुनाकन्दरामा खेलिएका मर्नेमार्ने खेलमा हत्केलामाथि ज्यान राखेर भोकप्यास केही नभनी लागिरहेका ऊजस्ता हजारौं कार्यकर्तासम्म पुग्थे ती गाइँगुइँ । तिनलाई कुनै कार्यकर्ता सत्य ठान्थे, कुनैले एक कानले सुनेर अर्कोले उडाइदिन्थे । ऊजस्ता धेरै कार्यकर्ता दन्त्यकथाका धिरोदात्त नायक मानिएका त्यस्ता नेताहरू उनीहरूलाई यता भिडाएर आफू छिमेकीको आरामदायी मेजमानी खाइरहेका होलान् भन्ने कुरामा पत्यारै गर्नसक्दैनथे । त्यसैले त्यस्तो आलोचना धेरैले पटक्कै पत्याउँदैनथे । केही थोरैले पत्याउँथे, र भित्रभित्रै असन्तुष्टि प्रकट गर्थे । ऊजस्ता नपत्याउनेहरूका लागि त त्यो हल्ला आफ्ना महान् टोली नेतालाई नोक्सान पु¥याउन चलाइएको अनर्गल प्रोपोगण्डा मात्र थियो, सत्ताका गोयबल्सहरूले चलाएका प्रोपोगन्डा !

उसलाई त झन् त्यस्ता उडन्ते हल्लाको रतीभर विश्वास थिएन । त्यसैले यस्ता हल्ला सुनेर आफ्नो विश्वास डगमगाउन खोज्ने साथीहरूलाई समेत सम्झाउँथ्यो– “आफ्नो टोलीलाई जोगाउन र टोलीको आत्मबल जोगाई राख्न पनि प्रमुख नेताहरू सुरक्षित रहनु पर्छ । त्यसैले टोलले नै निर्णय गरेर सुरक्षाका लागि परदेशबासको सेल्टर रोजेको हुनुपर्छ । सुरक्षामा त ध्यान दिनै प¥यो नि, कसो । त्यसैले टोली नेता र अरु वरिष्ठ नेताहरूको सुरक्षा कहाँ राम्ररी हुन्छ भन्ने सोच्नु नेतृत्वको काम हो । टोलीको निर्णय अनुसार नै सुरक्षाका लागि लिइने प्रवासको आश्रयलाई अन्यथा ठान्नु हुँदैन, न त यस्ता कुरालाई लिएर बिरोधीले चलाएको हल्लामा लाग्नु नै राम्रो हुन्छ । यो पनि शत्रुहरूको एक प्रकारको आक्रमण नै हो । यस्ता कुराबाट विचलित हुने हो भने कसरी सफल हुन्छ यो हाम्रो महान् मुक्ति आन्दोलन ? त्यसैले विरोधीद्वारा चलाइएको यस्ता दुष्प्रचारलाई अधार बनाएर नेतृत्वपङ्क्तिको आलोचना गर्नु भनेको हामी पनि शत्रुले चलाएको प्रोपोगण्डाको जालमा फस्नु हो, बुझ्नुभो’कमरेड ! यसबाट महान् जनयुद्धलाई क्षति पुग्नुबाहेक केही लाभ हुँदैन । हामी क्रान्तिकारीहरू यस्ता कुरामा सचेत रहनुपर्छ ।”

तर अहिले…….ः ? दशौं वर्ष यिनै नेता कमरेडको निजी सुरक्षामा खटिँदा अहिले भने उसको त्यो पुरानो विश्वास केही खलबलिन थालेको छ । नेताहरूले देखाएका सपना टिप्न लड्दा लड्दै ज्यान गुमाएका साथीहरूलाई सम्झन्छ ऊ, कति सार्थक रह्यो त त्यो वलिदान ? त्यसो भए त्यतिबेला नेता कमरेडका बिरुद्ध चलाइएका हल्ला मात्र हल्ला थिएन त ? अहिलेका तिनै टोली नेताहरूको जीवनशैली र आचारव्यवहार देख्दा ऊसमेत यस्तै सोच्न थालेको थियो । ऊ र ऊजस्तै हिजो नेता कमरेडको पक्षमा चट्टानझैं उभिनेहरू पनि आफैंसँग यस्तै प्रश्न सोध्न थालेका थिए हिजोआज । हिजोकोजस्तो होइन, आज करोडौं रुपियाँको रास लाग्नसक्छ उनको र उनीहरूको एकै आदेशमा ! हिजोजस्तो शुभचिन्तकको सेल्टरमा मकैंभट्मास टोकेर दिन बिताउनु पर्दैन । विशाल बङ्गला र पजेरोका साथै पाँचतारे होटलकै जस्तो बनिसकेको छ उनीहरूको जीवनशैली !

“आध्यक्ष कमरेडलाई सन्चो भएन कि ? केही बेर आराम गर्ने हो कि त !” उनको त्यो अवस्था देखेर भन्यो ।

लिगलिगकोटमा विरोधी टोलका प्रतिस्पद्र्धी नेताहरूसँग पटक पटक गरिएका कुर्सी दौड र ती दौडमा प्राप्त निरन्तरको पराजयका कारण उनी आफूलाई अगाडिदेखि नै केही कमजोर ठान्न थालेका थिए । त्यसमाथि आफ्नै टोलीभित्रको शक्ति सञ्चय गर्ने खेलमा पनि उनीमाथि अनेकौं छिर्के हानिन थालेका थिए । आफ्नै टोलका डाक्टर बैद्यको थरीथरी सल्लाह सुन्दा सुन्दा दिक्क भैसकेका थिए उनी । अस्पतालका डाक्टरहरू भन्थे– तिमी साह्रै कमजोर भयौं, यस्तो कमजोर भएर कसरी टोलको नेतृत्व लिन्छौ ? अरुलाई छाडिदेऊ र भिटामिन खाएर आराम गरी बस । कहिले आयुर्वेदिक उपचारका बैद्य–कविराजजस्ता पण्डितहरू भिटामिन होइन, स्वर्णभष्म सेवन गरेर आराम गर्ने सल्लाह दिन्थे । उनीहरूको भनाइमा यस्तो कमजोरीमा कुर्सीको बसाइ हानिकारक हुन्छ । कहिले भने दुबै एकैमुख लगेर भन्थे– पथपहरेजमा बसेर आराम गर । नेतृत्व गर्ने अरु छँदैछन् नि ! यसरी आप्mनै टोलीमा समेत दरिलोसँग अडिन मुस्किल हुन थालेपछि मानसिक रूपमा समेत केही थकित देखिन थालेका थिए । लिगलिगकोटका अनेकौं दौडमा कुनै परिणाम निस्किएन । अन्ततः प्रतियोगिताबाटै बाहिरिनु परेको थियो विचरालाई । बाहि¥याउन छिर्के हाल्नेमा आफ्नै भन्नेहरू पनि कम थिएनन् । यस्तो अवस्थामा निराश देखिनु स्वाभाविक थियो । अहिले त उनको सपनाको कुर्सी समेत आफ्नै भनिनेहरूबाट खोसिएको थियो ।

“होइन, केही भएको छैन…। सामान्य शारीरिक थकान मात्रै हो ।” उनले आश्वस्त तुल्याउन खोजे । सोचे, समान्य कार्यकर्ताका अगाडि किन आपूmलाई कमजोर देखाउनु ! उसैत बढी नै भावनामा बग्ने, कूटनीतिक हिसाबले बोल्न नजान्ने जस्ता आरोप लगाउने गर्छन् भित्र र बाहिर दुबैतिरका बिरोधीहरू । आफैंत्रिका बिरोधीहरूले बस्नखान दिएका छैनन् । यस्तोमा कमजोर देखियो भने त झनै पो दपेट्छन् ! त्यसैले भित्र जेजस्तो भए पनि बाहिर त दरिलो देखाउनै प¥यो नि !

“थकान त हुने नै भयो नि कमरेड !” उसले सहानुभूतिको मलम लगायो । ऊ मनमनै सोच्दथ्यो– विचरा….। कहिले काहीँ दया पनि लाग्छ, यी लिगलिगे दौडका प्रमुख जाँचकी पनि कति निठुरी । बीचको बाटो खोजेर यिनैलाई थपक्क पूरा नम्बर दिएको भए के पो बिग्रन्थ्यो र । खेलै खत्तम हुन्थ्यो । तर के गर्नु र जाँचकीहरूको त कुरै छाडौं, आफ्नै सहयोगीहरू समेत बाउँठिएर पो ! कहिले को बाउँठिए, कहिले को । विचरालाई कहिल्यै सन्तोषले बस्न दिएनन् । मान्छेको जातै यस्तै, अर्कोले राम्रो लाएखाएको त देख्न सक्दैन भने सधैं शक्तिमा हालीमुहाली गरेको कसरी पो देख्न सकोस् !

विचरा लिगलिगकोट पसेदेखि नै उनले शक्तिआर्जनमा शीर्षाशन गर्दै आएका छन् । यस टोलका साथै लिगिकोटकामा समेत आसन जमाउन उनलाई कम कसरत गर्नु परेन । साम, दान, दन्ड, भेद कुन कुराको मात्र प्रयोग गरेनन्, उनले ? जहाँ जेको प्रयोग गरेर हुन्छ, त्यसैको प्रयोग गरेर यस कोटमा दरिलो आसन जमाएका थिए । हुन पनि यस टोलमा पसेदेखि नै शक्ति आर्जनका लागि आफ्ना र अर्का दुबैतिरबाट अनेकौं विरोध र व्यवधान बेहोर्नु परेको थियो । शक्ति सुरक्षणको त्यो सङ्घर्षंसँगै उनले आफूलाई लिगलिगकोट र कोटभित्रका बँकी गाउँबस्तीका पुराना टोली नेताहरूको अनुकरण गर्न थालेका थिए । जङगलको जीवनशैली र गाउँबस्तीका साना मुखियाहरूका बसउठको शैलीका निकै अन्तर थियो, पटक्कै केही मिल्दैनथ्यो । उनीहरूजस्तै बसउठ गर्ने अभ्यासको बानी पार्न समेत कठिन परेको थियो उनलाई । तर जङ्गल युगमा नै छिमेकी आतिथ्यका बेला धेरथोर अभ्यास गरेकाले मात्रै, नत्र कहाँबाट सक्नु र ? तर सुरुमा कष्टसाध्य लागेपनि छिटै रस लिन थालेको थिएन । छिमेकका जेठा दाइहरूले त्यतिबेला त्यो अभ्यासको कृपा नगरिदिएका भए आफूलाई त्यति छिटो यसरी रुपान्तरित तुल्याउन कहाँ पो सम्भव हुनथ्यो र ! हुन त यता हुँदो पसेपछि पनि जेठादाइहरूले कम सघाएका छैनन् । नत्र यताका लोभीपापीले काँ गरिखान दिन्थेर । यसरी धेरै छलाङका मार्नुपरेको थियो उनलाई । लामो समय सहयोगी रहेकाले उनका हर अभ्यास र एकपछि अर्को छलाङको ऊ पनि साक्षी थियो । उसलाई थाहा छ, अरु ठूला भनिने सबै नेताहरूले यो रूपान्तरण अभ्यासमा कम काँचुली फेरेनन् । यो रूपान्तरण यात्रा सर्पको काँचुली फेराइभन्दा बढी पनि रोमान्चक थियो, पुतलीको जीवनचक्रजस्तै ! पुतलीको प्युपाबाट झुसिलकिराको रूपान्तरण अर्थात मेटामोर्फोसिसभन्दा बढी रोचक । त्यसरी रुपान्तरित हुने क्रममा हिजोका वर्ग शत्रु आज निकटतम सहयोगी मित्र बनेका थिए । हिजो साम्राज्यवादी र बिस्तारवादी भनिएकाहरूसँग गाला जोडेर अङ्कमाल साटिए । तिनबाट हुनसम्मको सहयोग पाइने गरेको थियो । यसरी हिजोका कुनै शत्रु बाँकी थिएनन् आज । बरु हिजो आफूलाई आश्रय र शक्ति प्रदान गर्नेहरू नै शत्रुवत् व्यवहार गर्थे ! कहिले के, कहिले के भनेर कामै गर्न नदिने । त्यसैले उनीहरूलाई पो शत्रुवत् देख्न थालेका थिए नेताजीहरू ! सर्वाहाराहरूको जति नै पक्षधरता देखाए पनि टोली नेता स्वयम् हुनेखाने वर्गकोभन्दा उपल्लो शिखर आरोहणमा रमिरहेका देखिन्थे ।

त्यो देखेर ऊ सोच्ने गर्दथ्यो– आखिर उनीहरू पनि त मध्यमवर्गीय चिन्तनबाटै संस्कारित थिए क्यार ! तसर्थ मध्यमवर्गीय चिन्तनबाट पूर्ण मुक्तिको संभावना पनि त थिएन । उसले देखेको छ, मध्यमवर्ग आफू अभ्यन्तरमा माथ्लो वर्गको जीवन शैली बाँच्ने सपना देख्छ । अनि त्यसको प्राप्तिका लागि माथ्लो वर्गको विरुद्ध तल्लो श्रमजीवी वर्गलाई उक्साएर हतियार बनाउँदछ । यो सबैतिरको वर्गसङ्घर्षको यथार्थ हो । हामी पनि यसबाट कहाँ अलग छौं र ! तल्लो श्रमजीवी वर्गको काँध चढेर सफलता पाएपछि तिनैलाई धोका दिई आफू माथ्लो त्यही शोषक वर्गको श्रेणीमा छलाङ मार्नु मध्यमवर्गीय चरित्र नै हो नि । आफ्ना नेताहरू पनि यो यथार्थबाट कसरी अलग रहनसक्थे ? त्यसैले हिजो र आजको उनको जीवनशैलीमा सगरमाथाको टुप्पोदेखि तलको भुइँजत्तिकै गहिरो खाडल देख्न थालेका थिए ऊजस्ता सामान्य कार्यकर्ता ।

“अँ त कमरेड, के भन्दै थिएँ म …?” यो नयाँ लिगलिगकोटे दौड र टोलभित्रको ङ्यारङुर सुरु हुनु अगाडि उनले एक दिन हिंड्दाहिंड्दै टक्क अडिएर सोधेका थिए । टलक्क टल्किने चिल्लो भव्य मोटरबाट ओर्लिएर आफ्नो स्वागतमा लामबद्ध कार्यर्ता तर्फ हेर्दै निस्किएको थियो त्यो प्रश्न । रातोपिरो रोबिलो अनुहार र कदकाठीका नेताकमरेडको अनुहारमा त्यतिबेला पूर्ण सन्तुष्टि थियो ।

त्यो देखेपछि उसलाई लागेको थियोे– हिजो त यस्तो थिएन ! हर कुरामा असन्तुष्ट देखिन्थे उनीे । समाजको कुनै पनि व्यवस्था प्रति सन्तुष्ट थिएनन् । बाउबाजेको अलिकति भएको छाला टोलीको नाउँमा सुम्पिएर संसार बदल्ने शपथ खाँदै उनी यस क्रान्तिकारी टोलमा होमिएका थिए । त्यतिबेला उनले सानोतिनो प्राप्तिमा चित्त बुझाउने कुरै थिएन । जेमा पनि आमूल परिवर्तनभन्दा तलको कुरै गर्दैनथे । त्यतिबेला ऊजस्ता धेरैका लागि उनको चरित्र, जीवन, जगत र राजनीतिप्रतिको आदर्शपूर्ण अडान, राष्ट्रियताप्रतिको स्पष्ट दृष्टिकोण पे्ररणा बन्ने गर्थे । तिनै कुराबाट प्रभावित भएर र उनकै प्रेरण पाएर ऊजस्ता सयौं कार्यकर्ता लिगलिगकोटे परिवर्तनमुखी आन्दोलनको अग्निमा आफूलाई समिधा बनाएर होमिएका थिए । त्यतिबेलाको उनको गाम्भीर्य, आगो ओकल्ने क्रान्तिदीक्षा, र वर्गीय पक्षधरता प्रतिको दृढताबाट ऊ आफैं पनि अत्यन्त प्रभावित थियो । तर आज…..कति बिन बदलिएका देखिँदैछन् यी हिजोका दन्त्यकथाका धीरोद्दात्त झैं लाग्ने नेताहरू ! कुनै कुरामा साम्यता देख्दैनथ्यो ऊ । उनका ती सबै कुरा क्रमशः यशऐस्वर्य र सत्तालिप्साका शकुनी पासामा छोपिँदै गएका थिए । नजिकैबाट देखेको थियो उसले उनमा आएका यी परिवर्तनहरू ! त्यसैले ऊ कहिलेकाहीँ अलमलिने गथ्र्यो– आजका यी यथार्थ हुन्, कि हिजोका ती परिवर्तनकामी नेता ? के त हिजोको वलिदान उनी आप्mनै र अफूजस्तै केही माथ्ला तहका नेताको आजको प्राप्तिका लागि मात्र थियो ? मात्र उनलाई यो ठाउँमा पु¥याउने सिँढी मात्र थिए ऊजस्ता लाखौं सीमान्तीकृत श्रमजीवीहरू ?

“नेता कमरेड, हजूर कार्यकर्ताभित्रको क्रान्तिकारी धारलाई साँध लगाइनै रहनुपर्छ, त्यसमा खिया पर्न दिनुहुन्न मर्जी हुँदैथियो ।” उसले रुपान्तरित टोली नेताकै परिवर्तित भाषाको प्रयोग गरेर अगाडि भन्दै गरेका कुराको सम्झना गराइदिएको थियो ।
शहर पसेदेखि नै उनले आफ्नो टोलीको राजनीतिक अभ्यास र रणनीति दुबैमा फेरबदल गरेका थिए । राजनीतक दर्शन उही छ भन्थे नेताहरू, तर त्यो मात्र सार्वजनिक भाषणमा कार्यकर्ता थामथुम पार्ने सामान्य सूत्रमात्र थियो । शहरी, अझ हिजो दुत्कारेका सामन्ती दर्बारी र तिनकै भाषा तथा जीवन शैलीलाई अवलम्वन गर्दै त्यसैलाई शहरी सत्ताकब्जाको हतियार बनाउने टोलको अबको नयाँ नीति थियो । टोली नेता लगायत सबै ठूला नेताहरू त्यसपछिका प्रशिक्षणहरूमा आफ्ना टोलका कार्यकर्तालाई पटक पटक यिनै कुरा बुझाउन व्यस्त थिए ।

“सामन्ती दर्बारी र तिनकै भाषा तथा जीवन–शैलीलाई शहरी सत्ताकब्जाको हतियार बनाउने भन्दाभन्दै कतै हामी आफू र आफ्नो टोललाई नै आत्मसमर्पणको अवस्थामा पु¥याउने त होइनौं । कतै यो अभ्यास आत्मघाती गोलजस्तै उनीहरूमैं समाहित गराउने साधन बन्यो भने नि ?” कोही कोही नेता कार्यकर्ता झिनो आशङ्का प्रकट गर्नेगथे । ं

“होइन त्यस्तो हुँदैन, हामी त्यसो हुन दिँदैनौं ! यही रणनीतिद्वारा हामीले सतर्कतापूर्वक हिजोका सत्तासीन सम्भ्रान्त वर्गका प्रभावशाली घरानाहरूलाई हाम्रैे क्रान्तिकारी स्प्रिटमा फ्युजन गराउनु पर्छ । यही महान् उद्देश्यबाट प्रेरित र निर्देशित छ हाम्रो यो नयाँ रणनीति । त्यसैले यो पलायन र आत्मसमर्पणबादको प्रश्न होइन । त्यस्तो ठान्ने खालका विश्लेषण कतैबाट सुनिएमा त्यो टोलबिरोधी षडयन्त्र मानिने छ । तपाइँ सबै त्यस्ता भनाइको प्रतिवादमा उत्रनुपर्छ, बुझ्नुभयो कमरेड !” नेता कमरेडहरूको त्यति प्रष्ट भाषामा निर्देशन प्राप्त भएपछि ऊजस्ता कार्यकताले अझै अविश्वास गरी प्रश्न उठाउने आँटै पो कताबाट गर्नसक्थे र !

ऊ र ऊजस्ता सामान्य कार्यकर्तालाई भने टोलीको त्यो नयाँ नीति अनुसार आफूलाई ढाल्ने काम त्यति सजिलो थिएन । हिजोको त्यो सर्वाहारा प्रकृतिको जीवनशैलीबाट आजको शासकीय शैलीमा रूपान्तरित हुनु ऊजस्ता कार्यकर्ताका लागि कम रोमाञ्चक अभ्यास थिएन । त्यो नयाँ जीवनशैलीको अनुसरण नेताहरूका लागि कति कठिन रह्यो, उसलाई थाहा भएन । तर ऊ अनुमान गर्नसक्थ्यो– हिजोको सङ्घर्ष कालमा छिमेकी टोलको आतिथ्यभोगको अभ्यासले अहिलेको यो रुपान्तरण अभ्यासलाई निकै मद्दत ग¥यो होला ! जे होस्, आफ्ना नेता कमरेडको आफूलाई चाँडै नै परिवर्तन गर्नसक्ने क्षमता देखेर ऊ अत्यन्त प्रभावित थियो ।

“हो, ठीक भन्यौ । कार्यकर्तामा बढी सुखसयलको बानी बस्न थाल्यो भने टोल कमजोर हुन्छ । त्यागको भावना हराउँदै जान्छ । अहिले हामी सत्ता सञ्चालनको अभ्यास गर्दै छौं, दौडको राजनीति सिक्दै छौं । यस क्रमा विरोधीको रहनसहन, भाषा भेष र जीवनशैलीमा प्रवेश गरेर त्यसैबाट ती बिरोधीलाई परास्त गर्दै महान् श्रमजीवी जनताको अन्तिम युद्धमा विजयी बन्ने हाम्रोे महान् यात्रा भर्खरै प्रारम्भ भएको छ । त्यस्तोमा कार्यकर्ताको एउटा ठूलो पङ्क्तिलाई हिजैको कठोर जीवन शैलीको अभ्यास गराई राखेर क्रान्तिकारी धारलाई पनि धारिलो बनाइराख्नु पर्छ, बुझ्नुभो’ कमरेड ! कार्यकर्ताभित्रको क्रान्तिकारी धारलाई साँध लगाइनै रहनुपर्छ, मार्नुहुन्न…।” सिलसिला टुटेको अघिको वार्ताक्रम जोड्दै लामै संवाद बोलेका थिए उनले ।

हो यही दुई लाइन नीतिमा टोल चलेको लामै समय भइसकेको थियो । यही अभ्यासको फलस्वरूप टोलभित्रै दुईवटा वर्ग तयार हुँदै थियो । त्यो टोल भित्रको वर्गभेदलाई लिएर चेतनशील कार्यकर्ता केही असन्तुष्टि प्रकट गर्थे । केही नेता त्यसमा साथ दिएजस्तै गर्थे, तर त्यो पनि गूटगत शक्तिआर्जनको हतियारभन्दा अगाडि गएको देखिँदैनथ्यो । त्यही झिनो मात्रामा देखिन थालेको असन्तोष दबाउनैका लागि पनि त्यतिबेला कार्यकर्ताहरूमा क्रान्तिकारी धार लाउने प्रशिक्षणहरू लामै चल्न थालेका थिए ।

“खोइ….चिया आएन कमरेड ?” नेताकमरेडको आवाजले उसलाई विगतका स्मृतिबाट फेरि एकपटक वर्तमानको यथार्थमा ओरालेको थियो । हुन पनि चिया ल्याउन समेत निकै समय लगाएको थियो आज भान्छेले ।

लिगलिगकोट भित्रको यो मात्र होइन प्राय सबै टोलमा यस्ता कुर्सीदौडका खेल चलिरहन्थे । खेलले कहिले यता उच्चता अर्थात क्लाइमेक्स प्राप्त गथ्र्यो, कहिले उता । कुर्सी दौड पनि यो नै पहिलो थिएन । न त पहिलो कुर्सी तान्ने खेल थियो यो । ती सबै खेल बारम्बार भइ नै रहन्थे र सधैँ नै सान्दार र मनोरञ्जनपूर्ण हुनेगर्थे । प्रतियोगीहरू आफ्नो विजय सुनिश्चित गर्न अरु प्रतियोगीलाई कहिले छिर्को हाल्थे, कहिले धोबीपाट कस्थे । त्यस्ता खेलमा कोही असाध्ये सिपालु हुन्थे, कोही अलि कम । कुस्तीको दाउमा प्रतिद्वन्दीलाई धोवीपिटाइ गर्नमा कुनै यत्न बाँकी राख्दैनथे । प्रतिस्पद्र्धीमाथि हरप्रकारका साम, दान दण्ड, भेदको प्रयोग गरिन्थे । आफ्नो जित सुनिश्चित तुल्याउन जे पनि गरिन्थ्यो, यो र ऊ भनिन्नथ्यो । त्यो शक्ति खोस्ने खेलको प्रयोगमा कोही प्रतिस्पद्र्धीका घर भाँड्थे, कोही फुटाउँथे । कोही कसैलाई विदेश सयरको आनन्द लुटाउँथे, कोही गड्डी नै गड्डीले भरिएका ब्रिफकेस कोसेली पठाउँथे । जे होस, खेलको देखाउने केही नियम भएपनि नदेखाइकनै जसले जति धेरै नियम तोड्न सक्यो ऊ त्यति नै बहादुर ठहरिन्थ्यो । बढी नियम तोड्नेले नै पारितोषिकमा सत्ताको वरमाला प्राप्त गथ्यो । यस्ता काममा खर्चपानी जुटाउन गरिने कुनै पनि काम नराम्रा र बेनियम ठानिँदैनथे ।

ऊ सम्झन्छ, त्यतिबेलाको दौड प्रतियोगिता । कुर्सीको खेल सान्दारसँग विभिन्न चरणमा प्रवेश गर्दै गयो । सबै प्रतियोगिताको तामझाम विज्ञापन मोडल छान्ने बहुराष्ट्रिय निगमद्वारा प्रायोजित सुन्दरी प्रतियोगिताको भन्दा कुनै अर्थमा फरक थिएन । केही मामिलामा अलग्गै विशेषता थिए यसका, केहीमा केही समानता ! त्यो विज्ञापन बजारमा लीलामीका लागि बढाबढलाई नै सौन्दर्य ठान्नेहरूको चमकदमकपूर्ण प्रतियोगिता थियो, यो सत्ता ताजका लागि गरिने लिगलिगे दौड । आफ्नो शिरको ताज कसैले जवर्जस्ती खोसेको आरोप लगाउँदै प्रदर्शन गरिएको लामैं बालहठरूपी कचकच सुन्दासुन्दा वाक्क भएका पूर्व ताजधारीले ताजपोस र कुर्सी दुबै खन्याइदिएदेखि नै सुरुभएको थियो दावेदारहरूबीचको यो लिलिगे सत्तादौड ! बालहठले मुकुट शिरमा पुग्न सक्दैनथ्यो, त्यसका लागि प्रतियोगिता जित्नै पथ्र्यो, अरुको समेत साथ पाउनै पथ्र्यो । त्यसैले जति गर्दा पनि समस्या जहाँको त्यहीँ थियो । जेजति नाटक गरे पनि प्रतियोगिताको नतिजा हेर्ने न्यायाधीशहरूको निर्णय बेगर मुकुट खोसेर लाउ सकिँदैनथ्यो ।

जे होस, भरपुर मनोरञ्जन पाइए पनि लिगलिगकोटका जनता भने ती पुराना खेलबाट सन्तुष्ट थिएनन् । न त उनीहरूले सुखचयन नै पाउन सकेका थिए । त्यसैले उनीहरू त्यो पुरानो चलन छाडेर नयाँ चलनको सुरुआत गर्न भनिरहेका थिए । उनीहरू भन्थे– सबैले सबै कुरा मिलेर गर ! तर मुखले लिगलिगकोट बासीलाई खुसी पार्न मिल्न खोजेजस्ताो देखाए पनि भित्री मनमा उनीहरूको मिल्ने चाहना पटक्कै देखिँदैनथ्यो ।

सुरुदेखि नै मिलेर जाऊ भन्ने लिगिलिगकोटे आदेशलाई कसैले सुनेन । आखिर कोटको सुखशान्तिका लागि कोही न कोही मुखिया त छानिनु नै पथ्र्यो । त्यसैले लिगलिगकोटेले पहिलोपल्ट यिनै ठूलाटोले नेतालाई मुखिया छानेका थिए । उनीहरूको सोचाइ थियो– ठूलाटोले मुखिया माझाटोले र पुछारटोले नेतासँग सरसल्लाह गरेरै अघि बढ्लान् । त्यति मात्र होइन, कोटको शुख, शान्ति र उन्नतिका लागि माझाटोले र पुछारटालेले पनि राम्रै सघाउन, यो उनीहरूको सोचाई थियो । तर न ठूलाटोले मुखियाले मिलेर जाने कुनै चेष्टा गरे, न अरुले नै दिलैदेखि सघाउने काम गरे । ठूलाटोले मुखियाले आफूलाई सर्वशक्तिमान ठानेर आफूखुशी गर्न थाले । त्यो देखेपछि अरुले पनि बिस्तारै साथ छाड्दै गए । लिगलिग कोटवासीले मिलेरै कोटको काम गर भनेर फेरि पनि नसम्झाएका होइनन् । तर जति बूढो भए पनि बाघले शिकार गर्न छाड्दैन भने झैं, ठूलाटोलेको बानीमा परिवर्तन आएन । जति सम्झाए पनि नमान्ने, अरुलाई गन्दै नगन्ने ! सबैतिर कित्ताकाट । त्यो मनोविज्ञानमा अरुको कुरा सुन्ने कुरै भएन । भित्रकाको कुरा सुन्नै परेन, बाहिरकालाई थामथुम पार्ने सूत्रमा जेठा मुखिया पहिलेदेखि विशारद नै थिए । घुक्र्याउनु परे विस्तारवाद र साम्राज्यवादको क्षेप्यास्त्रभेदन गरिदियो, फकाउन परेमा सहयोगी मित्र शक्तिको पाउमा नरम तेलको मालिस लगाइदियो ! तर कति दिन चल्थ्यो र आखिर त्यसरी ? यसैले ठूलोटोले जेठा मुखिया कुर्सी छाड्न वाध्य भए ! आख्रि केही नलागेर बीचैमा पुच्छर लुकाउँदै बाहिर निस्केका थिए ठूलाटोले जेठा मुखिया । त्यपछिका दौडहरूमा त उनी र उनको टोली झनै पछि पर्दै गयो । कुसी दौडको प्रतियोगितामा पनि केही लागेन, दर्जनौं पटकको दौडमा पसिना बगाउँदा समेत आज्जु भेट्न सकेनन् उनले । आखिर हत्तु भएरः प्रतियोगिताबाटै बाहिरिएको घोषणा गरे ।

कति परिश्रम गरे, के मात्र गर्न बाँकी राखेनन् प्रतियोगिताको परिणाम आफ्नो पक्षमा पार्न । सम्झँदा पनि कहाली लाग्छ ! यो प्रतियोगिता सुरु गराउनै कति पसिना बगाउनु परेको थियो । त्यसपछि विजयी बन्न आवश्यक बलबुता र सामदाम दण्डभेदले नपुगेर फुटनीतिको समेत यथासम्भव शक्ति लगाए भरपुर उपयोग गर्नु परेको थियो । तर केही लागेन !

त्यो दौडबाट फिर्ता हुनासाथ त उनका पक्षमा रहेका उनका आफ्नै समर्थक समेत अर्कै छाता ओढ्न पुगिहाले नि !

“त्यतिबेलै हजूरले टोल मुखियाको कुर्सी छाड्न नहुने !” केही बेरको विश्रामपश्चात टोली नेताको अनुहारमा अलि अलि ताजापन देखियो । त्यही देखेर पुराना कुरा सम्झँदै उसले सहानुभूति देखाएर भन्यो “हाम्रो टोलको चलनै नराम्रो, सत्ताबाट बाहिरिइएपछि आफ्नैले पनि खोइरो खन्ने ! नेता कमरेडले लिगलिगकोटको मुखिया पद नछाडेको भए अहिले आफ्नैले यसरी साथ छाड्दै जान्थे र !”

“हुन त हो,…तर के गर्नु । त्यतिबेला घुक्र्याउँदा बढी पाइएला भन्ने लाग्यो !” उनको स्वर यतिबेला पश्चातापमा डुबेझैं सुनियो । लाग्थ्यो, योे स्वीकारोक्ति वास्तवमैं उनको इमान्दार अभिव्यक्ति थियो !

(स्रोत : Vijay Chalise’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.