नाङ्गो हुन सर्माउनेलाई रात हुनु पर्छ l
डराउनेलाई बेहोशीको मात हुनु पर्छ l
तिमीसँग माया गर्ने मुटु कहाँ छ र ?
बद्नाम हुन मेरो जस्तो आँट हुनु पर्छ l
तिम्ले भनेजस्तै मेरो रङ्ग उडेको छ
नओइलाउन नझरेको पात हुनु पर्छ l
एक्लैले त खाल्डो पनि खन्न सकिँदैन
पर्खाल तोड्न हामी दुई साथ हुनु पर्छ l
सुनेको छु त्यो घरमा अनुराग म-यो
यसमा तिम्रो समाजको हात हुनु पर्छ l
06 डिसेम्बर 2011, इण्डिया
(स्रोत : Shabdahar )