कुनै कामले म गौशाला गएको थिए । फर्किने बेला बिहानै देखिको कालो बादल फुट्यो । सडक पनि भिज्यो । बाटोमा हिंडेकाहरु राम्रो ओत खोजेको पनि देखिन्थियो । मलाई भने कपन पुग्ने हतार । बस कुर्दै थिए एउटा रुखको तल ओत लागेर ।
एउटा पोछी आर्को गाडी आयो तर कपनको गाडीको कुनै सुर सारनै देखिन । यता उता आँखा घुम्दा घुम्दै मेरो आँखा छाता ओडेर बसेका दुई केटी माथि पर्यो । तेस्को अलि समय पोछी बाइ भनेर हात हल्लाएर त्यो मध्येकी एक जाना गई । आर्की चै म जस्तै आशाबादी अनुवार सँगै गाडी कुर्न लागिन् । हेर्दा गोरो अनुवार , मिलेका आँखा , ओठ पनि तेस्तै अनी आल्की । नजिक गए तर वास्ता नगरे जस्तै गरे । बोल्न मन लाग्यो तर हिम्मत आएन ।
त्यही बेला फेरी ठुलो पनि पर्यो । म सँग छाता थिएन । खै के गर्दा को तिन्को नजर म माथि पर्यो । दया लाग्यो होलाकी माया म भन्न सक्दिन । आँफै नजिक आइआइन्न । “तपाईंलाई पनिले भिजायो आउनुस् छातामा ओत लाग्नुस् ” भनिन । मन उड्यो त्यो कालो बादल भन्दा माथि । सास पनि लामो लामो भयो । शरीर तातो तातो भयो । अचम्म को अनुभब नै भयो ।
हिम्मत गरे । अनी सोधे ” तपाईं कहाँ सम्म जाने ?”
” कपन । अनी हजुर ?” उनले भनिन् ।
” लौ म पनि त कपन नै जाने हो तर एक घण्टा देखी कपनको गाडीनै आएको छैन “। म भन्छु
” हो र ? यस्तै हो यो रुटमा कपन को गाडी थोरै आउछ आए पनि धेरै कोचा-कोच हुन्छ ” । उनी भन्छिन ।
तेस्पोछी दुबैजना चुप । लगभक १० मिनेट पोछी गाडी आयो तर खुट्टा राख्न पाए भाग्य । छाता बन्द गर्दै हामी पनि भित्र । अनी गाडी हिड्छ ।
१० मिनेटमा गाडी चाबहिल पुग्छ । मान्छे झर्छन् । सिट खाली हुन्छ । हामी बस्छौ सँगैको सिट मा । अनी एक हुल मान्छे छड्छन पनि ।
” कस्तरी कोच्छ है मान्छे पनि गुन्रुक भन्दा पनि धेरै “। धेरै बेरको मौनता तोड्डै म बोल्छु ।
” यस्तै हो बानीनै परे सक्यो ” । उनी भन्छिन ।
” थाहा छ ? अस्ती म काठमाडौं आउने बेला एउटा गाडी मा कती धेरै पडाहरु कोचेर ल्याएको थियो । कुनै को शरीरमा घाऊ थियो अनी कुनै चै मर्न नै लागेका थिए । जामले गर्दा धेरै समय हाम्रो गाडी त्यो गाडीको पछाडि पर्यो ।
धेरै दु:ख पनि लाग्यो मलाई । फेरी मैले त्यो घटना भुलेको थिए आज हामी कोचा कोच् हुँदा याद आयो ” ।
हा हा हा ।।।।(हाँस्दै) उनी भन्छिन ” त्यस्तो माया लाग्यो त्यो भैसीको पाडा देखेर हजुरलाई ” ।
हासोको करण म बुज्न सकिन तर चुप लाग्न नै बेश ।
गाडी हिडिरहेको थियो । भाडा माग्ने भाइ आयो । ” दुईजना कपन ” भन्दै भाडा मैले नै दिए । ” ओ हो के हो ? तपाईं त समाज सेबी हो क्यओ ? चिन्नु न जान्नु भाडा दिनु भयो त ? ”
म झस्किन्छु साच्छी म त अन्जान हो उस्को लागि भन्ने होश् आउछ । गाडी कपन पुग्छ । उनी भन्छिन् ” ल मेरो झर्ने ठाउँ आयो मेरो बुढा लीन आएको रहिछ “।
” हँ ” म झस्किन्छु र सोच्छु “थुक्क फेरी गलत ठाउँ मा तिर हान्न खोजेछु । “ल राम्रो सँग जानुस् ह्यापी भ्यानेलटाइन डे” मसिनो सोर बनाउँदै म भन्छु ।
“थ्यांक यू एन्ड सेम टु यू बाइ ” । भन्दै हात हल्लाउदै उनी जान्छिन । गाडी हिड्छ । अगी मात्र पलाको माया पनि सँगै कहाँ हिड्छ हिड्छ खै मलाई नै थाहा छैन । लौ म त आफु गाडीबाट ओर्लिन पर्ने ठाउँ भन्दा १५ मिनेट टाढा पो आएछु सोच्दा सोच्दै । थुक्क । ओर्लिन्छु अनी लिखुर लिखुर हिड्छु । पानी फेरी पर्न थाल्छ तर अैले चै कोइ छाता ओढाइदिने मान्छे पनि आएन ।
(स्रोत : Kathasahitya )