तिम्रो माया आँशु बनि आँखा बाट नझरोस है !
मुटु दह्रो बनाइ बस्नु एकलता मा नडरोस है !!
खुशी प्राप्त गर्छु भनि सात समुन्द्र पारी छु म!
शरीर टाढा भए पनि माँया एक्लै नतरोस है !!
धेरै पनि बोल्नु हुन्न समाजले कुरा काट्छ !
थोरै तिम्रो अज्ञानताले शिर झुकाउनु नपरोस है !!
विश्वासमा छोडेको छु लक्ष्मण रेखा छैन कुनै !
आफ्नु सीमा आफै तोक्नु “रावण”आइ नहरोस है !!
बिधाताको प्रहार सामु घुँडा टेक्न बाध्य भंए!
जति उसले बल गरेनी मन तिम्रो नमरोस है !!
हिरु शर्मा ,
बिराटनगर नेपाल .
(स्रोत : sathisangamankakura )