लिङ्गे पिङ्को लागि
लिङ्गो काट्न पनि गइएन
दक्षिणाको लागि नया नोट
साट्न पनि गइएन
न त् खसीको म्याम्याले
रातमा सताई नै रह्यो
गयो , यसपालिको दशैँ
जसरी आयो, त्यसरी नै गयो
नया लुगाको आश नभए पछि
दर्जिकोमा धाउने कुरै भएन
टीका नै लगाउन न पाए पछि
दक्षिणा आउने कुरै भएन
अछेताले रातै भएको नोट
गन्ने इच्छा अधुरै रह्यो
गयो , यसपालिको दशैँ
जसरी आयो, त्यसरी नै गयो
लंगुर बुर्जाको गोटीमा
बुर्जा पर्यो कि परेन
कौडाको खालमा जितौरी
झर्यो कि झरेन्
कोरम पुर्याई तास खेल्न
मेरो खोजि अवश्य भयो,
गयो , यसपालिको दशैँ
जसरी आयो त्यसरी नै गयो
चिन्तित थिए चामे दाई
गर्जो टरयो कि टरेंन
लिखुरेको दशैँ भागमा
लुगा पर्यो कि परेन
एक छाक मिठो खुवाउने इच्छा
अधुरै रह्यो
गयो , यसपालिको दशैँ
जसरी आयो, त्यसरी नै गयो
चिउरा कुट्ने मिलमा भिड
बढे कि बढेनन
रोटे पिङ्ग र जाते पिङ्गबाट
कोहि लडे कि लडेनन
लिंगे पिंगको ठड्याउन
मेरो खोजि पक्कै भयो
गयो , यसपालिको दशैँ
जसरी आयो, त्यसरी नै गयो
बर्डफ्लु लाछ भन्थे कुखुरालाई
मासुको भाउ महँगो भयो होला
पेटभरि मासु खाने
ठुल्कान्छोको इच्छा
थाती नै रह्यो होला
हुदा मासुमा मूला मिसाउथे
नहुदा मुलामा मासु मिसाउथे
तिनको घरमा मुलाको मासु
खाने इच्छा अधुरै रह्यो
गयो , यसपालिको दशैँ
जसरी आयो, त्यसरी नै गयो
टीकासंगै पाउने आशिष
बूढी आमाको हात मै रह्यो
शीर नुहुराई ढओक्ने इच्छा
समुद्रको साथमै रह्यो
कठै तिनको आशीर्वचन
बाटो हेर्दै रोयो होला
सम्झनाको चिसो स्याठले
उनको मनमा छोयो होला
दौडिएर पुग्न पनि
समुद्रले रोक्दो रैछ
थाहा भयो मिलन बिछोड
भावीले नै तोक्दो रैछ
मन्दिर गई देवी पुज्ने
चाहना नि बासी रह्यो
गयो , यसपालिको दशैँ
जसरी आयो, त्यसरी नै गयो