हरेक बर्ष
दशैं आउछ
टुप्लुक्कै आइपुग्छ
चोक मै
सबैले थाह पाउने गरी
हल्ला गर्छ
घरमा
सबैलाई खुशी पार्छ
दगं बनाउछ
अनि जान्छ
गए पछि
कसैलाई के पर्छ
को के बन्छ
मतलब गर्दैन
तर
बिल्कुलै आउछ
मिठो सपना झै
यो बर्ष पनि
दशैं आयो
तर मलाई भेटेन
आएको गएको
हिसाब राखे मैले
दशैंले पत्तै पाएन ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )


Pingback: कविता : दशैं | swamisubashchandra