हाल के सोध्दछौ साथी आफैँमा जीवन हारेको छ
दुख्दै र सुख्दै पलपल विसंगतिमा परेको छ
पूर्वतिर छ यो मन पश्चिममा चल्छ पाईला
भएको खुशी सबै म बाट डेरा सरेको छ
सङ्घर्ष गरी पालेँ, पोषेँ र हुर्काए पछि
प्रितिको फूल आज अनाहक भुईमा झरेको छ
टुक्रियो मनको आशा पलभरमै खरानी भो
कसको पो के दोष भनौँ भाग्यले छल गरेको छ
भर गर्ने कसको अब सदाचारी नै चुके
देखिन्छ आज यहीँ रामले सीता हरेको छ
(स्रोत : Bimamyagdi )