वर्षौँ अघि कसैले दिएको, गुलाफ भेटेँ किताबमा
सम्झिन्न म कुन दिन हो त्यो, क्यै याद छैन दिमागमा
यौटा मुटु धेरैमा बाडेँछु, समेट्न गाह्रो हुने गरी
जोड जाम कहिल्यै आएन, नाजुक सधैं हिसाबमा
उनी कहाँ होलिन् त अहिले ?खोज्दछ आँखा आतेसले
हैन हैन अब त ढिलो भो ,म हुन्छु आफ्नै खिलाफमा
एक्लो छु म सजाय सहँदै, आफन्त भन्नु सिरानी भो
हिक्क हिक्क रोउँ कि झैं लाग्छ, परे त मौका मिलापमा
लागे चोट भर्छ रे समय, दिएको चोट खै के ग-यो !
माफ शोभा नदेला मलाई, समयको यो निसाफमा
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )